back
CTIZAN AD

गजल

वि.सं.२०८० असार ९ शनिवार

1.1K 

shares

शान्तिराम भट्टराई
तेह्रथुम हाल काठमाडौं

नजर मात्र तिम्रो हेर, मलाई दिने साथ छैन
प्यालाभरि मदिरा मात्र, कति पनि मात छैन

सधैंभरि झल्को देख्छु, पानी भर्ने पँधेरीमा
अनायासै बिउँझी हेर्छु, विपनीमा बात छैन

सुनाखरी नागबेलीमा, बसेकी छौ जस्तो लाग्छ
कोल्टे फिर्छु छटपटाउँछु, निद्रा ला’को रात छैन

निरस यो जिन्दगीलाई, टाढा लैजाऔँ जस्तो लाग्छ
काँडा फूल भा’को बोटमा, हरियो फेरि पात छैन

लालीगुराँस फुल्ने मेरै, आफ्नै घर मझेरीमा
नजिक छ रे फूल हेर, तर कुनै साथ छैन

९८५२०५१३००

वि.सं.२०८० असार ९ शनिवार ०७:३७ मा प्रकाशित

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...

गजल

गजल

रमा खतिवडा, पोखरा आज उसले मन पगाल्यो के हुने हो...

गजल

गजल

सुधिर थापा, कुपण्डोल, ललितपुर खुसी बन्दै झुम्याै कस्तो तिमी मेरै...

गजल

गजल

बीके मुखिया,वाङदे, दार्जिलिङ,भारत प्यारमा वाचा गऱ्यौ सब बहानाझैँ भयो प्रेम...

गजल

गजल

धनसिंह गिरि,दाङ जुन मनुज छन् काव्य रच्ने कल्पनामा छन् खुसी...