back
CTIZAN AD

कविता : घाम रित्तै छ

वि.सं.२०८० असार ९ शनिवार

1.1K 

shares

निम्बतरु, अर्घाखाँची

मैले त
आकाश भन्नाले
सूर्य, चन्द्रमा र ताराहरू सहितको सम्झन्थेँ
मैले त
मुस्कान
उज्यालो बिनाको हुदैन भन्ने जान्दथें

धेरैले त्यो चन्द्रमा हो भने भनिरहे
वास्तवमा त्यो कहाँ चन्द्रमा हो त ?
त्यो त मेरो पो मुस्कान हो
मुस्कान पनि उज्यालो
र त्यो आकाशमा मेरो हृदय भरिदैछ

मानिसहरु जे सम्झिरहे
खै ! त्यो कसरी चन्द्रमा भयो
त्यो त रित्तो आकाश हो
अब भर्नुपर्छ कलात्मक हृदयको प्रतिबिम्ब
त्यो पनि मेरो

उनीहरूले फेरबदल गर्नुपर्छ भन्थे
र उनीहरुले सूर्य, चन्द्रमा र ताराहरू सबै झिके
फेरि पनि त्यही गति देखियो
मैले देखिन
लाग्छ त्यो रित्तो आकाशमा मैले हृदय भर्नुपर्छ
घाम रित्तो छ क्यारे
अब किरण भर्नुपर्छ ।

वि.सं.२०८० असार ९ शनिवार ०७:३८ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...