back
CTIZAN AD

आज यी तीन प्रदेशमा भारी वर्षा र ३५ जिल्ला भइ बहने नदीहरुमा बाढीको सम्भावना

वि.सं.२०८० असार ९ शनिवार

789 

shares

काठमाडौं । हाल देशभर सामान्यदेखि पूर्णतया बदली रही कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा कर्णाली र सुदूर पश्चिम प्रदेशका एक वा दूई स्थानमा मेघ–गर्जन/चट्याङ्ग सहित वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखका अनुसार आज दिउसो देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघ–गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

त्यस्तै राति पनि बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यी ३५ जिल्लामा बाढीको सम्भावना
आज र भोली महाकाली र यसका सहायक नदीहरूसहित ३५ जिल्ला भइ बहने नदीहरुमा जलसतह उल्लेख्य बढ्ने र केहीमा सतर्कता तहसम्म पुग्न सक्ने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज बारा, पर्सा, काभ्रेपलान्चोक, सिन्धुली, चितवन, पर्वत, नवलपरासी (ब.सु पूर्व), नवलपरासी (ब.सु,पश्चिमं), रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, प्यूठान, रोल्पा, दाङ, बाँके, बर्दिया, कैलाली, कन्चनपुर, डडेल्धुरा, डोटी, बैतडी, बझा«ङ र दार्चुला आसपास भइ बहने नदीहरुको आकस्मिक बहावको जोखिम बढ्ने पूर्वानुमान रहेको छ ।

वि.सं.२०८० असार ९ शनिवार ०९:१० मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...