back
CTIZAN AD

एनआरएनए जापानको सदस्यताका लागि म्याद ३१ मे सम्म

वि.सं.२०७४ वैशाख ५ मंगलवार

753 

shares

sudan-thapa-japanतपाई जापानमा कार्यरत हुनुहुन्छ ? विदेशमा बस्ने नेपालीहरुको छाता संस्था गैरआवासीय नेपाली संघमा जोडिन चाहनु हुन्छ ? व्यस्तताका कारण नविकरण गर्न त बिर्सनु भएको छैन ? छ भने छिटो गर्नुस् । कनिकी एनआरएनए जापानले आगामी मे ३१ सम्मका लागि मात्र म्याद दिइ सदस्यताको लागि आव्हान गरेको छ । नयाँ सदस्यता तथा नविकरण मे महिनाको ३१ तरिखसम्म मात्र खुल्ला रहने जानकारी गैरआवासीय नेपाली संघ जापानका अध्यक्ष सुदन थापाले दिएका छन् ।
सम्पूर्ण पंजीकृत सदस्यहरुको कार्ड सम्बन्धित क्षेत्रमा पुगीसकेको जानकारी दिँदै उनले कार्ड प्राप्त गर्न आफ्नो क्षेत्रको संयोजकसंग सम्पर्क गर्न अनुरोध गरेका छन् । कान्तो क्षेत्रको कार्डहरु एनआरएनए जापानको अफिसबाटै वितरण भईरहेको समेत उनले बताएका छन् ।

अध्यक्ष थापाका अनुसार एनआरएनए जापानको सदस्यता कार्ड हुनेहरुले भन्दा बढी कम्पनिहरुबाट सहुलियत लिन सक्ने छन्, जसमा रेमिटेन्स सेवामा ५० प्रतिशत रिसोर्ट/ होटलमा २० प्रतिशत, कोठा, इन्टरनेट लगायतका सेवाहरुमा २० प्रतिशत, रेस्टुराँहरुमा २० प्रतिशत, भिजा सर्भिसमा २०प्रतिशत, नेपाली जाक्कामा १० प्रतिशत लगायत छन् ।

२०१५-२०१७ मा सदस्यता लिनु भएका महानुभाबहरुले नबिकरण कोलममा गएर एनआरएनए जापानले उपलब्ध गराएको अस्थाई पासवर्डको सहायताले नबिकरण गर्न सक्नेछन् साथै २०१५-२०१७ मा सदस्यता नलिनु भएका महानुभाबहरुले नयाँ सदस्यता कोलममा गएर नयाँ सदस्यता लिन सक्ने छन् । नबिकरण तथा नयाँ सदस्यताको लागि १००० यन एनआरएन जापानको जापान पोस्ट बैंकको खाता ( JP POST 10010-52370361 ) मा जम्मा गरि एनआरएन एप मार्फत सदस्यता लिन सकिने थापा बताउँछन् । आबस्यक जानकारी सहयोगको लागि नजिकको क्षेत्रिय संयोजक र कार्यसमिति सदस्यहरु अथवा केन्द्रका कार्यसमिति सदस्यहरुसंग सम्पर्क गर्न समेत उनले अनुरोध गरेका छन् ।

वि.सं.२०७४ वैशाख ५ मंगलवार ०३:४६ मा प्रकाशित

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी)...

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

लक्जम्बर्ग । नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको १३ औँ वार्षिकोत्सव तथा अधिवेशनबाट...

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

मेरिल्यान्ड (अमेरिका) । सुदूरपश्चिमेली नेपालीहरूको साझा संस्था सुदूरपश्चिम समाज मेरिल्यान्डको...

नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा देबु शर्मा पौडेल सर्वसम्मत 

नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा देबु शर्मा पौडेल सर्वसम्मत 

ब्रुज (बेल्जियम)। नेपाली जनसम्पर्क समिति बेल्जियमको छैटौं अधिवेशन सम्पन्न भएको...

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष तथा ‘हजारे...