back
CTIZAN AD

तनहुँको बाँझो जमिनमा व्यावसायिक अङ्गुर खेती ,कृषिमा नयाँ आयाम

वि.सं.२०८० असार १२ मंगलवार

780 

shares

तनहुँ । तनहुँको घिरिङ गाउँपालिका ४ स्थित बाह्रबीसेमा सुरु गरिएको व्यावसायिक अङ्गुर खेतीले यतिबेला उत्पादन दिन सुरु गरेको छ । फार्ममा उत्पादन भएको अङ्गुर टिप्ने र बजार पठाउने काम धमाधम भइरहेको फार्म सञ्चालक कुमार कार्कीले सुनाए ।

कार्कीका अनुसार फार्ममा पहिलो वर्ष करिब नौ हजार पाँच सय बिरुवा रोपिएको थियो । जसबाट वार्षिक १० हजार केजी अङ्गुर उत्पादन गर्ने कम्पनीको लक्ष्य छ ।

वाइन उत्पादन गर्ने उद्देश्यसहित स्वीट्जरल्याण्डबाट विरुवा ल्याइ व्यावसायिक अङ्गुर खेती सुरु गरिएको भाइन यार्ड एण्ड रिसर्च सेन्टर’का सञ्चालक समेत रहेका कार्कीले बताए । “हामीले यहाँ पहिलो वर्ष लार्भाको समस्या भोगेका थियौं । यसवर्ष भने पूर्वतयारीका साथ खेती गरिरहेका छौँ, उत्पादन पनि राम्रो भइरहेको छ”, कार्की भने ।

कार्कीले धादिङको थाक्रे गाउँपालिका–१० जुङे खोला केवलपुरमा पनि विगत १५ वर्षयता एक सय ५० रोपनी क्षेत्रफलमा अङ्गुर खेती गर्दै आएका छन् । वाइनका लागि थप अङ्गुर आवश्यक भएपछि तनहुँको बाह्रबीसेमा दुई वर्षयता ७० रोपनी बाँझो जमिनमा अङ्गुर खेती सुरु गरिएको उनको भनाइ छ ।

कार्कीका अनुसार हाल विभिन्न ३२ प्रजातिका अङ्गुर खेती गरिए पनि केही प्रजातिका अङ्गुरले मात्रै राम्रो उत्पादन दिइरहेका छन् । “स्वीट्जरल्याण्डबाट रु सातसयदेखि रु एक हजारसम्म खर्चेर ३२ प्रजातिका विरुवा ल्याएका थियौँ, यद्यपि हाल आठदेखि दश प्रजातिका अङ्गुरले मात्रै राम्रो उत्पादन दिएका छन्”, उनले भने ।

बिरुवा लगाएको पहिलो वर्षमा नै अङ्गुरले फल दिन सुरु गरेको उनको भनाइ छ । उनका अनुसार धादिङको फार्ममा रु ३८ करोड ५० लाख र तनहुँमा रु एक करोड ५० लाख गरी रु ४० करोड लगानी भइसकेको छ ।

“हामीसँग हाल वार्षिक तीन लाख लिटर वाइन उत्पादन क्षमता छ, यसले पनि अङ्गुर खेतीलाई प्रोत्साहन गरेको छ”, उनले भने , “वाइनको माग राम्रो भएकाले अङ्गुर उत्पादन खपतको चिन्ता छैन ।” उनका अनुसार कम्पनीले ७५० एमएलको बोतल तीन प्रकारका वाइन उत्पादन भइरहेको छ । जसलाई बजारमा प्रतिबोतल रु एक हजार दुई सयमा बिक्री गरिरहेको कार्कीको भनाइ छ ।

कार्कीको फार्ममा हारियोमा सुजी, कायाबिनेट क्यान्टर, मनाज, सोबिनियन ग्रीस, तथा खानका लागि फन्नी, सोफिया, आरकडिया, पोलिस्की, दुचबा, चालिचमानलगायतका प्रकारको अङ्गुर उत्पादन भइरहेको छ ।

“विरुवा रोपेको एक वर्षमै फल दिन सुरु भइसकेको छ, पहिलो वर्ष प्रतिबोट तीनदेखि चार केजीसम्म अङ्गुर उत्पादन हुने अनुमान छ”, फार्ममा कार्यरत प्राविधिक सान्नानी तामाङले भनिन्, “अङ्गुरको बोटमा चैत÷वैशाखमा फूल फुल्छ भने त्यसपछि तीनमहिनामा फल टिप्ने खालको हुन्छ ।” । फागुनदेखि फूल खेल्ने र असारको पहिलो सातासम्म फल टिप्न सकिने तामाङको भनाइ छ ।

फार्ममा दैनिक ज्यालादारीमा मासिक १२ देखि १५ जनाले स्थानीयले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । विशेष गरी फार्ममा घाँस कटाई, बिरुवा गोडमेल, मल तथा अन्य व्यवस्थापकीय कामबाट स्थानीय रोजगारी पाएको र राम्रो आम्दानीको स्रोत समेत बनेको तामाङको भनाइ छ ।

नेपालमा अङ्गुर खेती सफल हुँदैन भन्ने भ्रमलाई चिर्न आफूहरु सफल भएको सञ्चालक कार्कीको भनाइ छ । प्राविधिकको अध्ययनपश्चात नै यहाँ अङ्गुर खेती सुरु गरिएको उनले जानकारी दिए ।

धादिङमा भएको फार्मका लागि बागमती प्रदेश बिग फार्म शीर्षक अन्तर्गत १२ वटा फार्ममा पर्न सफल भइ रु ५५ लाख अनुदान समेत प्राप्त भइसकेको कार्कीले सुनाए ।

घिरिङको माटोमा अङ्गुर उत्पादन राम्रो हुने भएपछि यहाँका किसानलाई पनि खेतीतर्फ प्रोत्साहन गर्न पालिकासँग समन्वय भइरहेको कृषि शाखा अधिकृत रवि रामदामले बताए । “यहाँको मौसम र माटोले अङ्गुर खेती उपयुक्त मानिएको छ”, उनले भने ।
रा स स

वि.सं.२०८० असार १२ मंगलवार १५:५६ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...