काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सर्वपक्षीय सरकार बनाउन दलहरुसँग प्रस्ताव गरेका छन् । आवश्यक परे मुख्यमन्त्री ६/६ महिना चलाउने गरी सहकार्य गर्न कार्कीको प्रस्ताव छ ।
“अहिले विश्वासको मत दिनुहोस्, सबैलाई आग्रह छ, सरकार सर्वपक्षीय बनाऔं”, उनले भनेका छन्, “आवश्यक परे मुख्यमन्त्री ६/६ महिना हुने गरी चलाऔंला । तर, केही समझदारी गरौंला ।”
कार्कीले एक पटक अवसर दिएर हेर्न पनि आग्रह गरेका छन् । सहकार्य गर्दै गर्दा ठूलो दल भएपनि सबैभन्दा थोरै मन्त्रालय लिन तयार रहेको बताए ।
“प्रदेशसभामा एमाले एक्लैको ४० सिट छ, हामी थोरै लिन तयार छौं, म पार्टीभित्र चित्त बुझाउँछु”, उनले आग्रहपूर्णं रुपमा भनेका छन् ।
वि.सं.२०८० असार १५ शुक्रवार १२:५१ मा प्रकाशित






























