काठमाडौं । सनराइज क्यापिटल लिमिटेड र नयाँ बानेश्वरमा रहेको समाज डेण्टल हस्पिटलबीच सहकार्य भएको छ ।
दुई कम्पनीबीच भएको सहकार्य अनुसार एक अर्काले आफ्ना ग्राहक तथा कर्मचारीलाई विशेष सहुलियत प्रदान गर्नेछन् । सम्झौतापत्रमा सनराइज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र समाज डेण्टल हस्पिटलका प्रबन्ध निर्देशक शंखु घिमिरेले हस्ताक्षर गरेका छन् ।
यस सम्झौताअनुसार समाज डेन्टलका ग्राहक र कर्मचारीलाई सनराइज क्यापिटलले निःशुल्क डिम्याट खाता खोल्ने सुविधा, एक आर्थिक वर्षको सेवा शुल्क छुट तथा पोर्टफोलियो सेवाको इन्ट्री लोड शुल्कमा ५० प्रतिशत र पफर्मेन्स शुल्कमा २० प्रतिशत छुट दिनेछ । त्यसका साथै समाज डेण्टल हस्पिटलले सनराइज क्यापिटलका ग्राहकलाई निःशुल्क विशेषज्ञ परामर्श सेवा, दाँत तथा मुखको परीक्षणमा १५ प्रतिशत छुट दिनेछ ।
वि.सं.२०८० असार १६ शनिवार ०७:४२ मा प्रकाशित





























