back
CTIZAN AD

सुसेली

वि.सं.२०८० असार १६ शनिवार

1K 

shares

बिके माकजु, भक्तपुर

१.
हिंड उजेली
गर्दै शब्द रोपाइँ
गाउँ सुसेली
२.
विघ्न रोपारे
सुसेलीको खेतमा
शब्द उमारे
३.
लौ है उकास
सुसेली विधालाई
देऊ निकास
४.
शब्द रोपेर
फलाउनु सुसेली
कापी भरेर
५.
सुसेली बीउ
साहित्यमा झ्याँगिन्छ
हलक्कै जीउ
६.
अक्षर सत्र
पाँच, सात, पाँचमा
सुसेली मन्त्र
७.
कापीको गरा
मनसुन छोपेर
सुसेली भरा
८.
सुसेली मीठो
सिकौं लेख्न गाउन
ठिटी र ठिटो
९.
देश नेपाल
सुसेलीको सर्वत्र
चर्चा विशाल
१०.
सुसेली राजा
दुर्गा भमरकोटे
सबैको साझा

 

वि.सं.२०८० असार १६ शनिवार ०८:४० मा प्रकाशित

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...

झिल्का कविताहरू

झिल्का कविताहरू

विकास क्षेत्री अञ्जान बिजनबारी बजार, भारत १ नेताले कसम खायो...