सुरेश बैद्य,काठमाडौँ
१.
तिमीलाई हेरिरहने कस्तो अनौठो बानी परेछ
न हेरु पनि कसरी तिमी त रुप कि खानी रहेछ
तिमी जवान मै जवान हेराहेर मै रमाउँ पहिला
न दोष तिम्रो न त मेरै, दोषी त यो जवानी बनेछ ।
२.
रिसाउनुको पनि कुनै ठोस कारण हुनुपर्छ
मलाइ गुमायौ भने जिन्दगी भरि नै रुनुपर्छ
ठण्डा दिमागले सोच्नु गल्ती मेरो कि तिम्रो
होइन भने मायाको बस्ती अन्तै बसाउनु पर्छ ।
३.
म जहाँ बस्छु, त्यहि नै मेरो आफ्नो घर भयो
जो जो मेरा साथी छन् उस्को जस्तै थर भयो
सम्बन्धको कुरा गर्दा पैसा पो ठूलो सबै भन्दा
बिश्वास सबको गरेनि, दुई हात कै भर भयो ।
४
पञ्चायत ढल्यो तर, पञ्चायती सस्कार भने ढलेन
नेता लागे धन थुपार्न जन्ताको घर खुशिको दियो बलेन
हजारौको ज्यान गयो सिन्दुर पुछिए कैयौ कोख रित्तिए
जनता निरास गणतन्त्रको बोटमा आशाको फूल फलेन ।
५.
भन न भन लौन ए मेरी, प्यारी प्यारी मैना
आफ्नो रुपमा मक्ख परि कति हेर्छौ ऐना
पहिलो भेटमा कसरी जादु चलायो मलाई
गरि हालौ न अब, माया पिरतीको बैना ।
वि.सं.२०८० असार १६ शनिवार ०८:३६ मा प्रकाशित






























