back
CTIZAN AD

पाँच मुक्तक

वि.सं.२०८० असार १६ शनिवार

1.1K 

shares

प्रजित कुँवर, वालिङ्ग -१४, स्याङ्जा

१.
दिन रात आराम न भनेर दौडिरहेको छ
शिखर छुने अठोट राखेर दौडिरहेको छ
एम्बुलेन्स जस्तै रहेछ जीवन भन्नु पनि
सधैँ अधुरो सपना बोकेर दौडिरहेको छ

२.
गर तिमी आफ्नै मनोमानी सुनाउनु पर्दैन
भए होस् सम्बन्धमा हानी सुनाउनु पर्दैन
मलाई जल्ने र जलाउने आदत परिसक्यो
अँगार हुँ म आगोको बानी सुनाउनु पर्दैन

३.
बोलाएर भए जति आफन्त घरबार जोडी छन्
बाजा बजाई आएछन् जन्त घरबार जोडी छन्
सातै जुनी मेरै हुने कसम खाएकी मेरी मायाले
मन मुटु यता जोडेर, अन्त घरबार जोडी छन्

४.
भविष्यमा समस्या आउँछ यति बुझि राख्नु
कुनदिन उठीवास लाउँछ यति बुझि राख्नु
नदी नाला कटान गरेर बस्ती बसाउनु अघि
बाढी पसेर बस्ती बगाउँछ यति बुझिराख्नु

५.
आँसु झार्दै निरास बनी, छोरो खाडी गयो
यहाँ रोजगार पाईन भनी, छोरो खाडी गयो
हत्या गरेर स्वदेशमै सेवा गर्ने रहरहरूको
पढेर डिग्री पास गरेर पनि,छोरो खाडी गयो

 

वि.सं.२०८० असार १६ शनिवार ०८:३५ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...

गजल

गजल

रमा खतिवडा, पोखरा आज उसले मन पगाल्यो के हुने हो...