रामशरण न्यौपाने, भक्तपुर
बरबाद नै किन गर्दर्छौ भन देशको
तिमी सारथि हुनिहार नै बन देशको ।
अधिकारको महिमा भुली धन लोभमा
बलले गला किन घोट्दछौ जन देशको ।
बिनु योग्यता पदमा हुली परिवार ती
किन गर्दछौ धन धेर उल्झन देशको ।
कति पोस्दछौ धन भ्रष्टमा र दलालमा
पद मान्यता पनि थोर राखन देशको ।
सब सभ्य दक्ष मुहार नै पदमा हुली
अब भर्नु पर्दछ रङ्ग रोगन देशको ।
बहर – कामिल मुसद्दस सालिम
अर्कान – ११२१२ ११२१२ ११२१२
वि.सं.२०८० असार १६ शनिवार ०८:३४ मा प्रकाशित






























