back
CTIZAN AD

पाँच मुक्तक

वि.सं.२०८० असार १६ शनिवार

1.1K 

shares

पवन कुमार बुढाथोकी, काठमाडौँ


कहिँ नपाएर आलु र प्याजमा समेत भ्याट नै लागेछ
शक्तिमा बस्नेलाई सुबिधा भोगि हुने इच्छा जागेछ
औद्योगिक बस्तु उत्पादन गरेको भए न कर त्यस्मा
जनता आलु र प्याजको महङ्गो गन्धले तर्सेर भागेछ ।


कति खानु जनताले मात्र यहाँ जहाँ जे गरे नि सकस
के जल, जमिन र जंगल नेताको मात्र होला त बकस
नेताका मात्र सुख संम्बृद्धि बढेको देखिन्छ जहिले नि
केहि सोचेको कुरा पुग्दैन कति व्यहोर्नु टकसै टकस ।


टाठाबाठाले नै यहाँ साधन र श्रोत भ्याउन सम्म भ्याए
पद र शक्तिमा हुनेका मात्र यो ठाँउमा राम्रो दिन व्याए
मान्छे काम नपाएर भोकभोकै हुँदा कसैलाई छैन चासो
टाठाबाठा नेताको मात्र राम्रोहुने कस्तो ब्यवस्था ल्याए ?


बास्तबिक काम भन्दा यहाँ हुने गर्छ आकल झुकल जात्रा
देशको बजेट पनि शक्तिशालीलाई नै त जान्छ धेरै मात्रा
यो देश बन्न धेरै गाह्रो छ विधिको पालना अगुवानै गर्दैनन
बिकास, समानता र न्याय जति गएछन धेरै टाढाको यात्रा ।


नचाहिने कुरामा पनि धेरै गलहफ्ती गरिरहन्छन
नेता सधैभरी आफ्नो मात्र यहाँ भुँडी भरिरहन्छन
हैन भने,किसानलाई राँगा ल्याउदा किन रडाको ?
जनताका आवस्यकता आसा गर्दागर्दै टरिरहन्छन !

 

वि.सं.२०८० असार १६ शनिवार ०८:४२ मा प्रकाशित

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...

गजल

गजल

डा. देवी पन्थी, विराटनगर रूप जसको हुन्छ ऊ बम्किन्छ भन्ने...