back
CTIZAN AD

दुर्घटनामा दुई मृत्यु, २८ घाइते

वि.सं.२०७४ वैशाख ५ मंगलवार

858 

shares

५ वैशाख, नवलपरासी। नवलपरासीमा आज भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको चोरमारा अरुणखोला जङ्गलमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ६ ख ८४३२ नम्बरको बस आफँै अनियन्त्रित भई पल्टिँदा भएको दुर्घटनामा बसमा सवार बाँके जिल्ला बैदापुर– ४ का ४५ वर्षीय डिल्लीराम डाँगीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाईते भएका उनको उपचार क्रममा भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही दुर्घटनामा परी अन्य २० जना घाइते भएका छन् । घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर रहेको र सबैको कलेज अफ मेडिकल साईन्सेज भरतपुर चितवनमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कावासोतीका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।

यस्तै नवलपरासीको बर्दघाटमा ट्याक्टर अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय बर्दघाटकाअनुसार, बर्दघाट ११ भित्रि सडकखण्डमा गैडहवाबाट बर्दघाटतर्फ आउँदै गरेको लु ३ प १०३९ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई पल्टिँदा भारत बिहार बहुअरवा बस्ने अन्दाजी ६० वर्षीय मदन महतोको मृत्यु भएको हो ।

दुर्घटनामा परी घाइते महतोको उपचारका क्रममा परासी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

वि.सं.२०७४ वैशाख ५ मंगलवार ०९:१२ मा प्रकाशित

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको मधेस प्रदेशको ढल्केवरमा राष्ट्रियस्तरको ट्रमा...

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

भद्रपुर (झापा) । कनकाई नगरपालिकाले कक्षा ८ पूरा गर्न नसकेका...

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

काठमाडौँ । राइड-सेयरिङ प्लेटफर्म इन्ड्राइभमा आबद्ध चालकहरू आफ्ना सेवा–सुविधा र...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...