back
CTIZAN AD

विपक्षी मोर्चामा विभाजन : एमालेको अडानमा लागेन रास्वपा

वि.सं.२०८० असार २२ शुक्रवार

1.1K 

shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिको विषयलाई लिएर विपक्षी मोर्चामा विभाजन देखिएको छ । प्रमुख प्रतिपक्षी एमाले र विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजीनामाको अडान लिइरहँदा सँगै देखिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने उक्त अडान छाडेको छ । रास्वपाले प्रधानमन्त्रीले राजीनामा होइन स्पष्टीकरण दिनुपर्ने माग गरेको छ ।

रास्वपाले आफ्नो पार्टी प्रधानमन्त्रीको राजीनामा माग गर्ने पक्षमा नरहेको स्पष्ट पारेको छ । “हामीले प्रधानमन्त्रीको राजीनामा होइन, स्पष्टीकरण माग गरेका छौं”, रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भनेका छन्, “उहाँको अभिव्यक्ति आपत्तिजनक छ, संविधानलाई अवमूल्यन गरिएको छ, यसबारे उहाँले जवाफ दिनुपर्छ ।”

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर यसअघि बुधबारको संसद बैठक अवरुद्ध पारिएको थियो । उक्त बैठकमा आफूहरुले बोल्न नपाएको परियारले बताए ।

सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीलाई जवाफ दिन लगाएर संसद खुलाउने गरी तयारी गरेका छन् । तर, एमाले त्यसमा सहमत छैन । एमालेले प्रधानमन्त्रीको राजीनामालाई बटमलाइन बनाएको छ ।

एमालेका प्रमुख सचेतक महेश बर्तौला राजीनामा नआएसम्म संसद अगाडि नबढ्ने बताउँछन् । “हाम्रो बटमलाइन यथावत छ, प्रधानमन्त्रीको राजीनामा नआएसम्म सदन अगाडि बढ्दैन”, बर्तौलाले भनेका छन् ।

तर, राजीनामाको अडानमा एमाले र राप्रपा मात्रै देखिँदा विपक्षी मोर्चा कमजोर बनेको छ भने एजेण्डा पनि कमजोर बनेको छ । यदि राप्रपा पनि राजीनामाको अडानबाट बाहिरिएमा संसदमा एमाले मात्रै उक्त अडानको पक्षमा देखिनेछ । जसले सत्तापक्षलाई सहज बन्ने पनि देखिएको छ ।

सत्तापक्षबीच यसअघि नै प्रधानमन्त्रीले जवाफ दिएर संसद बैठकलाई अगाडि बढाउने निर्णय गरेको थियो । सत्ता पक्षले ‘राजीनामाको विषय कल्पना पनि गर्न नसक्ने’ जनाएको छ । सत्तापक्ष जसरी पनि अगाडि बढ्ने लाइनमा हुनु र विपक्षी मोर्चा विभाजित हुँदा एमालेले अगाडि सारेको अडान अर्थहिन हुने देखिन्छ ।

वि.सं.२०८० असार २२ शुक्रवार १४:०९ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...