रुपन्देही । रुपन्देहीमा एक पुरुष र एक महिला मृत अवस्थामा फेला परेका छन् ।
बुटवल उपमहानगरपालिका–११ रंगशालास्थित शुभलाभपथमा तिलोत्तमा नगरपालिका–३ जानकीनगर बस्ने ६५ वर्षीय युवराज शर्मा रिजाल बिहीबार मृत अवस्थामा फेला परेका हुन् ।
त्यसैगरी रुपन्देही, लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ ओडवलियास्थित खाली चौरमा कोटहिमाई–२ बस्ने ४२ वर्षीया शिला लोनिया पनि मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरी यसबारेमा अनुसन्धान गरिरहेको जनाएको छ ।
वि.सं.२०८० असार २२ शुक्रवार १३:५९ मा प्रकाशित






























