back
CTIZAN AD

तीन दशकदेखि लगातार ओरालो लाग्दै पर्वतको जनसङ्ख्या

वि.सं.२०८० असार २२ शुक्रवार

831 

shares

पर्वत । पर्वत जिल्लाको जनसङ्ख्या विगत ३० वर्षयता लगातार घट्दै गएको पाइएको छ । पछिल्ला तीनपटक भएका जनगणनाको तथ्याङ्कमा जनसङ्ख्या घट्दै आइरहेको देखिएको हो । विसं २०५८ मा एक लाख ५७ हजार आठ सय २६ जनसङ्ख्या रहेकामा २०६८ सालमा एक लाख ४५ हजार पाँच सय ९० मा झरेको थियो ।

विसं २०७८ को गणनामा भने झनै घटेर एक लाख ३० हजार आठ सय ८७ कायम भएको छ । वृद्धिदर हेर्दा २०५८ सालमा शून्य दशमलव ९५ प्रतिशत वृद्धिदर रहेकामा २०६८ मा शून्य दशमलव ७४ प्रतिशत रहेको रहेको थियो । जनसङ्ख्या कम भएसँगै जनघनत्व पनि घटेको छ । प्रति वर्गकिलोमिटरमा २०५८ मा तीन सय १९, २०६८ मा दुई सय ९७ र २०७८ मा दुई सय ६५ जना बसोबास गरेको देखिएको छ ।

राष्ट्रिय जनगणना, २०७८ मा जिल्लाको नतिजा बिहीबार सार्वजनिक गर्दै तथ्याङ्क सहायक सुरेन्द्रराज पौडेलले २०६८ को जनगणना र २०७८ को जनगणनाको १० वर्षे अवधिमा पर्वतमा माइनस एक दशमलव शून्य नौ प्रतिशत वृद्धिद्धर रहेको बताए । सातवटा स्थानीय तह रहेको जिल्लामा ती सबै स्थानीय तहको जनसङ्ख्या वृद्धिदर ऋणात्मक रहेको छ । बिहादी गाउँपालिकामा सबैभन्दा धेरै माइनस दुई दशमलव शून्य पाँच तथा जलजला गाउँपालिकामा माइनस शून्य दशमलव १५, कुश्मा नगरपालिकामा माइनस शून्य दशमलव ३७, महाशिला गाउँपालिकामा माइनस एक दशलव ८७, मोदी गाउँपालिकामा माइनस एक दशमलव १९ र फलेवास नगरपालिकामा माइनस एक दशमलव ८० प्रतिशत रहेको छ ।

विसं २०७८ को तथ्याङ्कअनुसार बिहादीमा १० हजार आठ सय २८, जलजलामा २१ हजार एक सय १९, कुश्मामा ३८ हजार एक सय एक, महाशिलामा आठ हजार एक सय ३६, मोदीमा १८ हजार सात सय ९४, पैयुँमा १२ हजार सात सय ७५ र फलेवासमा २० हजार चार सय ६८ जनसङ्ख्या रहेको छ । होस्टल, इन्स्टिच्युट वा ब्यारेकमा बस्दै आएकाहरूलाई संस्थागत जनगणना भनी राखिएको छ । पर्वतमा त्यस्तो जनसङ्ख्या नौ सय २३ रहेको देखिएको छ ।

जिल्लामा पुरुषको कुल सङ्ख्या ६१ हजार छ सय ७८ र महिलाको सङ्ख्या ६९ हजार दुई सय नौ रहेको छ । तथ्याङ्क सहायक पौडेलका अनुसार जिल्लामा कुल परिवार सङ्ख्या ३६ हजार एक सय ३७ रहेको पाइएको छ भने परिवारको औसत आकार ९ परिवारमा सदस्य सङ्ख्या तीन दशमलव ६२ देखिएको छ तर २०६८ को गणनामा परिवारको औसत आकार शून्य दशमलव एक रहेको थियो । यो तथ्याङ्कले सन्तान कम जन्माउने वा संयुक्त परिवारभन्दा एकल परिवारमा बस्न रुचाउनेहरूको सङ्ख्या बढी भएको देखिएको छ ।

जिल्लाका ३६ हजार एक सय ३७ परिवारमध्ये ११ हजार सात सय ७२ वटा परिवारबाट कम्तीमा पनि एक जना विदेशमा बसोबास गर्ने गरेको पाइएको छ । ती परिवारबाट दुई हजार तीन सय ३२ महिला र १४ हजार एक सय १४ पुरुष गरी कुल १६ हजार चार सय ४६ जना वैदेशिक रोजगारीमा रहेको देखिएको छ ।

यस्तै चार हजार दुई सय ५९ जनामा अपाङ्गता रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ । राष्ट्रिय तथ्याङ्कअनुसार पाँच वर्ष वा सोभन्दा बढी उमेरका कुल जनसङ्ख्याको साक्षरता प्रतिशत देशभरमा ७६ दशमलव दुई प्रतिशत रहेकामा पर्वतमा भने ८० दशमलव १२ प्रतिशत रहेको छ ।

यसपटक भएको जनसङ्ख्या देशको १२औँ जनगणना हो । यसपटकको गणना ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नाराका साथ सञ्चालन गरिएको थियो । जनगणनाका लागि तथ्याङ्क सूचीकरणको काम २०७८ भदौ ३० देखि असोज १८ सम्म भएको थियो भने तथ्याङ्क सङ्कलनको काम २०७८ कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म भएको थियो ।

जनगणनाबाट प्राप्त भएको तथ्यलाई सामाजिक तथा आर्थिक अवस्था थाहा पाउन, जनसङ्ख्याको प्रक्षेपण गर्न, कृषि गणना तथा अन्य सर्वेक्षणमा नमूना छनोट गर्न, विकासका लक्ष्य मापन गर्नलगायत क्षेत्रमा प्रयोग गर्ने गरिएको छ ।

वि.सं.२०८० असार २२ शुक्रवार १३:५२ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण...

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...