back
CTIZAN AD

दोहोरो अंकले घट्यो सेयर बजार, बीमा क्षेत्रका लगानीकर्ता सबैभन्दा बढी मर्कामा

वि.सं.२०८० असार २८ बिहीवार

843 

shares

काठमाडौं । साताको अन्तिम कारोबार दिन दोहोरो अंकले घट्दै सेयर बजार बन्द भएको छ । बिहीबार १२.६२ अंकले घट्दै बजार २०८४.९३ बिन्दुमा झरेको छ ।

बिहीबार सेयर बजार सूचांक ओरालो लागेपनि कारोबार रकम भने उच्च रह्यो । बिहीबार ९३ लाख ८२ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम तीन अर्ब ३९ करोड ६६ लाख पुग्यो । जुन केही दिन यताकै उच्च हो ।

घटेको बजारमा बैंक, होटल र सामूहिक लगानी समूहबाहेकका समूह राताम्मे बने । सबैभन्दा बढी जीवन बीमा र निर्जिबन बीमा समूहमा गिरावट आयो । जीवन बीमा समूहमा १३५ अंकले गिरावट आयो भने निर्जिबन बीमा समूहमा ११३ अंकले गिरावट आयो ।

वाणिज्य बैंकतर्फ केही राहतको अनुभूति गर्दा विकास बैंक, फाइनान्स समूहमा भने उच्च अंकको गिरावट आयो ।

पिपुल्स हाइड्रो, हिमालयन पावर, बुद्ध भूमि, रिडि पावरलगायतका कम्पनीको मूल्यमा उच्च अंकले घटेको छ ।

बिहीबार शिबम्, सोल्टी होटेल हिमालयन लाइफ इन्स्योरेन्स, एनटिसी, चिलिमे हाइड्रोलगायतका कम्पनीको कारोबार उच्च भएको थियो । तीन लाख ५७ हजार कित्ता सेयर किनबेच हुँदा शिवम् कम्पनीको कारोबार रकम २३ करोड ७५ लाख बढी भएको छ ।

बैंकर्स संघले बैंकहरुको ब्याजदर बैंक आफैंले तोक्ने सक्ने व्यवस्था गरेसँगै सेयर बजारमा राम्रो प्रभाव पर्ने आशा गरिएको थियो । तर, बैंकर्स संघको निर्णयको नकारात्मक प्रभाव बजारमा देखियो ।

वि.सं.२०८० असार २८ बिहीवार १५:४२ मा प्रकाशित

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...