back
CTIZAN AD

सुदूरपश्चिममा आत्महत्या गर्ने सङ्ख्या बर्षेनि बढ्दो न्यूनिकरणमा चुनौती

वि.सं.२०८० असार २८ बिहीवार

561 

shares

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा आत्महत्या गर्नेहरुको सङ्ख्या बर्षेनि बढ्दै गएको छ । मानसिक स्वास्थ्यमा समस्या, लडाई र सामान्य घरायसी विवाद र अशिक्षा लगायतका कारणले सुदूरपश्चिममा आत्महत्या बढिरेहको सुरक्षा संयन्त्रणको आँकलन छ । पछिल्लो छ वर्षयता प्रदेशमा सबैभन्दा झुण्डिएर आत्महत्या गर्ने तथ्याङ्कले बढी देखाएको छ ।

सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका अनुसार चालु आर्थिक वर्षको हालसम्म नौ वटै जिल्लामा पाँच सय सात जनाले आत्महत्या गरेका छन् । प्रहरीका अनुसार गतवर्ष सुदूरमा पाँच सय ७६ जना र अघिल्लो आर्थिक वर्षमा छ सय ८६ जनाले आत्महत्या गरेको तथ्याङ्क छ ।

आत्महत्या गर्ने धेरैमा विष खाएर, झुण्डिएर, पानीमा हामफालेर, करेन्ट लगाएर हुने गरेको छ । चालु आवमा सबैभन्दा बढी कैलालीमा दुई सय ३३ जनाले आत्महत्या गरेका छन् । कञ्चनपुरमा एक सय १९, डोटीमा १५, अछाममा बीस जना, बाजुरा २०, बैतडी र बझाङमा २४÷२४, दार्चुलामा २५ र डडेल्धुरामा २७ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्क छ ।

आत्महत्यालाई निरुत्साहित गर्न राष्ट्रियरुपमै योजना बनाएर नियन्त्रणको प्रयासमा लाग्नुपर्ने अवस्था आएको प्रहरी अधिकारीको भनाइ छ । “पहाडी जिल्लाभन्दा तराईका जिल्लामा बढी आत्महत्याका घटना बढेका छन्”, प्रहरी स्रोतले भन्यो, “आत्महत्या नियन्त्रण र लागुऔषध नियन्त्रण सुदूरपश्चिमका मुख्य चुनौती हुन् ।”

आत्महत्या गर्नेमा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म रहेको प्रहरी भनाइ छ । मुलुकी अपराधसंहिता २०७४ लागू भएयता आत्महत्या गर्न बाध्य पार्नेमाथि आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता गरेर कानुनी कारबाही अघि बढाइए पनि आत्महत्याको दरमा कमी भने आएको छैन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले मानसिक रोग भएको अवस्था, डिप्रेशन, बेरोजगारी, पारिवारिक तनाव र पछिल्लो समय सामाजिक सञ्जालको प्रयोगले समेत मानिसक आत्महत्या गरिरहेको बताए । “आत्महत्या न्यूनिकरण निकै चुनौतीपूर्ण विषय छ”, उनले भने , “यसको नियन्त्रणका लागि सबै निकायबाट पहल हुन जरुरी छ ।”

उनले हरेक दिनजसो यहाँ आत्महत्याका घटना प्रहरीमा पुगिरहेको बताए।

वि.सं.२०८० असार २८ बिहीवार १५:३९ मा प्रकाशित

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...

बझाङ– बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

बझाङ– बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

काठमाडौँ । कुल दुई हजार ५०० मेगावाट बराबरको बिजुली प्रवाहका...