back
CTIZAN AD

यस्ता छन् मन्त्रिपरिषद्का १२ निर्णय (निर्णयसहित)

वि.सं.२०८० असार २८ बिहीवार

702 

shares

काठमाडाैं । सरकारले असार २६ गते बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गरेको छ। जसमा विभिन्न १२ निर्णयहरू गरिएका छन् ।

बैठकले धानकाे न्यूनतम समर्थन मूल्य तोक्नेदेखि अर्थमन्त्री र परराष्ट्रमन्त्रीकाे भ्रमण कार्यक्रमलाई स्वीकृति दिने निर्णय गरेकाे छ । अर्थमन्त्री डा. प्रकाश शरण महत विकसित र विकासशील मुलुकहरूको समूह (जि ट्वान्टी समूह)को तेस्रो अर्थमन्त्रीस्तरीय बैठकमा भाग लिन भारतकाे गुजरात जाँदैछन् भने थाइल्याण्डले आयोजना गर्ने बिमस्टेक परराष्ट्र मन्त्रीहरूको रिट्रिटमा भाग लिन परराष्ट्रमन्त्री प्रकाश साउद थाइल्याण्ड जाँदैछन् ।

अन्य निर्णयहरू यस्ता

१. भारतको गुजरातमा भारतलगायत विश्वका अन्य विकसित र विकासशील मुलुकहरूको समूह (G20) को तेस्रो अर्थमन्त्रीस्तरीय बैठकमा भाग लिन अर्थमन्त्री डा. प्रकाश शरण महत नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने।

२. आर्थिक वर्ष २०८०/८१ को लागि मोटा धान प्रतिक्विन्टल रु.३१९८/- र मध्यम धान प्रति क्विन्टल रु. ३३६२/- न्यूनतम समर्थन मूल्य तोक्ने।

३. नेपाल विद्युत प्राधिकरण, चैनपुर सेती जलविद्युत आयोजनाको विद्युत गृहमा रहने संरचना निर्माण गर्नको लागि बझाङ जिल्ला, तलकोट गाउँपालिका वडा नं. २ र ३ स्थित करिब ७३१९ वर्गमिटर जग्गा प्राप्ति गर्न स्वीकृति दिने।

४.अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको म्याद |२०८०। ६। २५ गतेसम्म थप गर्ने ।

५. थाइल्याण्डले आयोजना गर्ने बिमस्टेक परराष्ट्र मन्त्रीहरूको रिट्रिटमा भाग लिन परराष्ट्रमन्त्री श्री नारायण प्रतिनिधिमण्डललाई स्वीकृति दिने। प्रकाश साउदको नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने।

६. सहकारी क्षेत्र सुधार सुझाव कार्यदल, २०८० को म्याद मिति | २०८० / ०३ / २६ बाट लागू हुने गरी एक महिना थप गर्ने।

७. अत्याधुनिक चलचित्र छायाङ्कन स्टुडियो निर्माण आयोजनाको लागि काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं १० र १३ अन्तर्गत रहेको बाहुनडाँडा सामुदायिक वनको कुल जम्मा २.५०८५ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने।

८. नेपाल खुला विश्वविद्यालयको केन्द्रीय कार्यालय भक्तपुर जिल्लाको, सानोठिमीमा तोक्ने।

९. आ.व. २०७८/७९ र २०७९/८० दुई वर्षमा वार्षिक रूपमा न्यूनतम एक सय जना नेपालीलाई वैदेशिक रोजगारीमा पठाउन नसकेका इजाजतपत्र प्राप्त संस्थाको इजाजतपत्र आ.व. २०८०/८१ को लागि नवीकरण गर्न आएमा नवीकरण गरिदिने गरी बाधा अड्काउ फुकाउने आदेश जारी गर्ने।

१०. पर्यटन विधेयक तर्जुमाको लागि सैद्धान्तिक स्वीकृति प्रदान गर्ने।

११. थवाङ गाउँपालिका, रोल्पालाई साविक थवाङ गा.वि.स. वडा नं. २ स्थित सामान्य प्रशासन मन्त्रालय ८९० वर्गमीटर जग्गा कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र निर्माण गर्नका लागि प्राप्त गर्न स्वीकृति दिने।

१२. निजामती सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा सहसचिव लक्ष्मीकुमारी बस्नेतलाई बढुवा गर्ने।

१३. वन्यजन्तुबाट क्षति भएबापतको राहत वितरण निर्देशिका, २०८० स्वीकृत गर्ने।

वि.सं.२०८० असार २८ बिहीवार १७:२५ मा प्रकाशित

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...