back
CTIZAN AD

पहिराले बुर्तिबाङ-पूर्वी रुकुमखण्ड अवरुद्ध

वि.सं.२०८० असार २९ शुक्रवार

966 

shares

ढोरपाटन । अबिरल वर्षाका कारण पहिराले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बुर्तिबाङ–पूर्वी रुकुमखण्ड अवरुद्ध बनेको छ । लोकमार्गको निसीखोला गाउँपालिका–४ र ५ को सिमाना धरमशाला कालापैरामा माथिदेखि झरेको लेदोसहितको पहिराले सडक अवरुद्ध भएको हो ।

वर्षा हुँदाबित्तिकै माथिदेखि लेदो झर्ने र सडकमा थुप्रिँदा यातायात सञ्चालन हुन नसक्ने अवस्था रहेको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले जानकारी दिए । सडक अवरुद्ध हुँदा बुर्तिबाङबाट निसी, भल्कोट हुँदै पूर्वीरुकुम र रोल्पा पुग्ने यातायातका साधन ठप्प छन् । पूर्वीरुकुमको रुकुमकोटबाट काठमाडौँ, पोखरा सञ्चालन हुने साना तथा ठूला सवारीसाधन पनि सञ्चालन हुनसकेका छैनन् ।

लोकमार्गसँग सहकार्य गरेर सडक खुलाउने प्रयास गरिरहेको गाउँपालिका अध्यक्ष घर्तीमगरको भनाइ छ । उनले यस सडकको खण्डको पातीहाल्नेमा रुख डलेर सडक अवरुद्ध भएकामा अहिले खुलाइसकेको बताए । अध्यक्ष घर्तीमगरले भने, “यो पहिराले हैरान बनायो, पानी पर्नैहुन्न, पर्यो कि माथिदेखि लेदो आएर सडकमा थुप्रिन्छ, यताको गाडी यतै, उताको गाडी उतै हुन्छन्, यसले धेरै समस्या बनायो ।

मुख्य सडकसँगै निसीखोलाका अधिकांश ग्रामीण सडक अवरुद्ध भएको उनले जानकारी दिए । अब बर्खा नरोकिएसम्म उक्त सडक खुलाउन नसकिने घर्तीमगरको भनाइ छ । बुर्तिबाङ बजारबाट कानाबगरसम्म सहजरूपमा यातायातका साधान चल्न सके पनि त्यसभन्दा माथि समस्या हुने गरेको उनले बताए ।
रासस /फाइल फोटो

वि.सं.२०८० असार २९ शुक्रवार १०:४४ मा प्रकाशित

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

कर्णाली । कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका पहिरो...

‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ’

‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ’

काठमाडौँ  । ग्यास बिक्रेता महासङ्घ नेपालले बिक्रेतामार्फत ग्यासको बिक्री वितरण...

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवद्र्धन गरिँदै

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवद्र्धन गरिँदै

बागमती । हिमालयन राइडर्स सोसाइटी हेटौँडाले हेटौँडा उपमहानगरपालिका–१८ स्थित गोरक्षतालको...

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली । कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह...

‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’

‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा...