back
CTIZAN AD

मोटरसाइकल र पिकअप ठोक्किएर दुर्घटना हुँदा तीनजनाको मृत्यु

वि.सं.२०८० साउन ६ शनिवार

708 

shares

इनरुवा । सुनसरीको इटहरी–१७ कान्छी चौकस्थित पूर्व–पश्चिम राजमार्गमा आज दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी–१६ का २६ वर्षीय करण चौधरी, २७ वर्षीय शम्भु चौधरी र २४ वर्षीय अनिनेश चौधरी रहेको सुनसरीका प्रहरी उपरीक्षक राजकुमार राईले जानकारी दिए ।

चारजना चढेको मोटरसाइकल पिकअपसँग ठोक्किएर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । पश्चिमतर्फ जाँदैै गरेको भारतीय नम्बर डब्ल्यू बी ७३ ई ९११७ को पिकअपसँग पश्चिमबाट पूर्व आउँदै गरेको को२९प ३७१२ नंको मोटरसाइकल एकापसमा ठोक्किएको थियो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार चारैजनालाई उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । उपचारका क्रममा करण, शम्भु र अनिनेशको मृत्यु भएको प्रहरी उपरीक्षक राईले बताए ।

गम्भीर घाइते भएका २७ वर्षीय प्रेमलाल चौधरीको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । पिकअप चालक भारत दार्जीलिङ फोडिगढीका ३२ वर्षीय गोविन्द वरमुनलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको राईले बताए । मोटरसाइकल तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

 

वि.सं.२०८० साउन ६ शनिवार १६:५१ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...