back
CTIZAN AD

नवलपुरमा ‘लम्पी स्किन’बाट चार सय गाईभैँसी मरे, ६ हजार बढी संक्रमित

वि.सं.२०८० साउन ६ शनिवार

666 

shares

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा लम्पी स्किनका कारण छ हजार २४ पशुचौपाया सङ्क्रमित भएका छन् । जिल्लामा यस रोगबाट हालसम्म चार सय १३ गाईभैँसीको मृत्यु भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख पशु चिकित्सक डा ऋषभ गुरागाईंले जिल्लाका गाईभैँसीमा लम्पी स्किन महामारीका रुपमा फैलिएको बताए । “जिल्लामा लम्पी स्किन नियन्त्रणका लागि खोप तथा औषधिको व्यवस्था गरिएको भए पनि नियन्त्रण बाहिर गएको छ”, उनले भने, “लम्पी स्किनबारे सचेतना जगाउँदै सावधानी अपनाउनु नै अहिलेका लागि लम्पी स्किनको जोखिमबाट जोगिन सकिन्छ ।”

उनले जिल्लाको कावासोती नगरपालिकामा लम्पी स्किनको सङ्क्रमणदर उच्च रहेको बताए । कावासोतीमा हालसम्म सबैभन्दा बढी एक सय ५१ पशु चौपाया मरेका जनाउँदै डा चापागाईंले दुई हजार १३ पशु लम्पी स्किनबाट सङ्क्रमित भएका जानकारी दिए ।

मध्यविन्दु नगरपालिकामा लम्पी स्किनबाट ९७ पशुको मृत्यु भएको तथा हालसम्म एक हजार एक सय ८० गाईभैँसी सङ्क्रमित भएका उनले बताए । चापागाईंका अनुसार देवचुली नगरपालिकामा लम्पी स्किनबाट हालसम्म ६४ गाईभैँसीको मृत्यु हुँदा पाँच सय ८१ सङ्क्रमित भएका छन् ।

यसैगरी विनयी त्रिवेणी गाउँपालिकामा एक हजार एक सय ९० गाईभैँसी सङ्क्रमित तथा २२ को मृत्यु भएको उनले बताए । बौदिकाली गाउँपालिका एक सय ८४ गाईभैँसीमा लम्पी स्किनको सङ्क्रण देखिएको उल्लेख गर्दै पशु चिकित्सक चापागाईंले ३६ गाईभैँसीको मृत्यु भएको बताए ।

गँैडाकोट नगरपालिकामा लम्पी स्किनबाट २१ गाईभैँसीको मृत्यु हुनुका साथै चार सय २३ सङ्क्रमित, हुप्सेकोट गाउँपालिकामा १४ पशुको मृत्यु तथा तीन सय ३१ सङ्क्रमित एवं बुङिलटार गाउँपालिकामा आठ गाईभैँसीको मृत्यु तथा एक सय २२ सङ्क्रमित भएका उहाँले जानकारी दिए ।

भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जिल्लाका आठवटै स्थानीय तहमा लम्पी स्किन रोगविरुद्धको खोप वितरण गरेको छ । लम्पी स्किन रोग न्यूनीकरण एवं रोकथामका लागि छ हजार भ्याक्सिन खरिद गरेर स्थानी तहमा पठाइएको कार्यालय प्रमुख पशु चिकित्सक डा चापागाईंले बताए ।

सङ्क्रमण थप फैलन नदिन भन्दै जिल्लाका देवचुली, गैँडाकोट र कावासोती नगरपालिका तथा विनयी त्रिवेणी गाउँपालिका आफैँलेसमेत खोप खरिद गरेर गाईभैँसीलाई लगाएको उनले जानकारी दिए ।

देशभर महामारीका रूपमा फैलिएको लम्पी स्किनबाट नवलपुरमा गाई, भैँसी, गोरु र राँगा प्रभावित भएका छन् । पशु सेवा विज्ञ केन्द्रले लम्पी स्किन रोगको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि भेटेरिनरी अस्पाताल तथा पशु सेवा विज्ञ केन्द्रले पालिकासँग छलफल, सञ्चारमाध्यमबाट सन्देशमूलक सूचना प्रसारण एवं किसानलाई परामर्श गरिरहेको डा चापागाईंले बताए ।

वि.सं.२०८० साउन ६ शनिवार १७:१३ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...