काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा निरन्तर उतार चढाव आइरहेको छ ।
आइतबारको बजारमा प्रतितोला १ लाख १२ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ सोमबारको बजारमा भने ३०० रुपैयाँले घटेर १ लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला १ हजार ४६० रुपैयामा कारोबार भइरहेको महासंघद्वारा जारी विवरणमा उल्लेखछ ।
वि.सं.२०८० साउन ८ सोमवार १४:२७ मा प्रकाशित






























