back
CTIZAN AD

मापदण्ड विपरीत मध्यबर्खाको भेलमा पनि खोला दोहन

वि.सं.२०८० साउन ८ सोमवार

831 

shares

गलकोट । बागलुङको बडिगाड खोलामा कानुनविपरीत मध्य बर्खामा पनि नदीजन्य पदार्थको उत्खनन गरिएको पाइएको छ । बडिगाड खोलाबाट अवैधरुपमा ढुङ्गा, गिटी, बालुवालगायत नदीजन्य पदार्थ निकाल्ने गरेको पाइएपछि बडिगाड गाउँपालिकाले यसमा रोक लगाएको हो ।

नदीजन्य उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७ अनुसार असारदेखि भदौ मसान्तसम्म कुनै पनि नदीबाट बालुवा, गिटी र ढुङ्गा निकाल्न नपाइने र स्थानीय तहले पनि उक्त समयमा ठेक्का लगाउन नपाइने व्यवस्था छ ।

बडिगाड गाउँपालिका भएर बग्ने उक्त खोलाबाट नदीजन्य पदार्थ निकालेर राखिएको पाइएपछि पालिकाले सो कार्य तत्कालै रोक्न निर्देशन दिएको गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिए । उनले निर्देशन विरुद्धमा गएर दोहन नरोकिए पालिकाले कारबाही गर्ने चेतावनीसमेत दिए ।

अध्यक्ष थापाका अनुसार गाउँपालिकाले अवैधरुपमा निकालिएको नदीजन्य पदार्थलाई जफत गर्ने तयारी थालेको छ । “नदी किनार तथा सडक छेउमै बालुवा निकालिएको देखिएको छ, बर्खामा नदीबाट नदीजन्य पदार्थ निकाल्दा वातावरणीय प्रभावमा प्रतिकूल असर पर्ने भएकाले रोक लगाएका छौँ”, उनले भने , “अवैधरुपमा गरिने कार्यलाई पालिकाले कारबाही गर्नेछ, पालिकाले सरकारी नियमअनुसार नदीजन्य पदार्थको ठेक्का लगाउँदै आइरहेको छ ।”

बर्खायामको समयमा अवैधरुपमा नदीजन्य पदार्थको उत्खनन भइरहेको र यस्तो कार्यमा बालबालिकाको समेत प्रयोग भएको पाइएकाले यसरी गैरकानुनी कार्य तुरुन्त रोक्न गाउँपालिकाले सूचना नै जारी गरेर रोक लगाएको अध्यक्ष थापाले बताए । स्थानीय तहभित्र रहेका प्राकृतिक सम्पदा एवं नदीजन्य पदार्थको सङ्कलन तथा बिक्रीवितरण वातावरणीय अध्ययन प्रतिवेदनका आधारमा ठेक्का आह्वानमार्फत हुने भए पनि बर्खाको समयमा नदीजन्य पदार्थ निकाल्न नपाइने व्यवस्था रहेको उनले जानकारी दिए ।

वि.सं.२०८० साउन ८ सोमवार १४:३६ मा प्रकाशित

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ...

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन...

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा रु तीन करोड...

माछापालनबाट मासिक २५ लाख आर्जन गर्दै कैलालीका विनोद

माछापालनबाट मासिक २५ लाख आर्जन गर्दै कैलालीका विनोद

कैलाली । गाउँका अधिकांश युवा वैदेशिक रोजगारीका लागि विदेश गइरहेका...

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन...

कैलालीका शिवालयमा भक्तजनको घुइँचो

कैलालीका शिवालयमा भक्तजनको घुइँचो

कैलाली । साउन महिनाको अन्तिम सोमबार कैलालीका विभिन्न शिवालयमा आज...