back
CTIZAN AD

प्रहरी नायब निरीक्षक पौडेलकाे रहस्यमय मृत्युबारे अनुसन्धान सुरु

वि.सं.२०८० साउन ९ मंगलवार

804 

shares

बलेवा । बागलुङको वडिगाड गाउँपालिका–६ मा रहेको आशा होटलमा वरिष्ठ प्रहरी नायब निरीक्षक उज्ज्वल पौडेल मृत भेटिएको विषयमा अनुसन्धान सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख, प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काको समूहले घटनाका विषयमा अनुसन्धान थालेको हो ।

सोमबार राति १२ बजे आशा होटल तथा खाजा घरमा पौडेल मृत भेटिएका थिए । घटनाको जानकारी पाएलगत्तै अनुसन्धानका लागि सदरमुकाम बागलुङ बजारदेखि हिँडेको प्रहरी टोली मङ्गलबार बिहान ११ बजे मात्रै घटनास्थल पुगेको थियो ।

“इलाका प्रहरी कार्यालयले होटल सिल गरेर राखेको थियो, हामी आएपछि परिवार बोलाएर बाँकी अनुसन्धानको काम थालेका छौँ”, प्रहरी उपरीक्षक खड्काले भने, “घटनाबारे छिट्टै जानकारी बाहिर आउँछ ।”

इलाका प्रहरी कार्यालय भीमगिठेका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक उज्ज्वल पौडेल नजिकैको सो होटलमा मृत फेला पारेका थिए । पौडेलको शव होटलकाले भुइँतल्लामा भुइँमा लडेको अवस्थामा रहेको खड्काले बताए ।

प्रहरी चौकी खारको टोलीलाई लिएर पौडेल गस्तीमा निस्केको प्रहरीचौकीले जनाएको छ । राति १० बजे अन्य प्रहरी जवानलाई कार्यालय पठाई आफू भीमगिठे जाँदै गर्दा होटलमा खाजा खान पसेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । प्रहरीले होटल सञ्चालक आमा र छोरालाई नियन्त्रणमा लिएको छ ।

घटनाका बारेमा थाहा भएपछि तत्कालै प्रहरीले होटल सञ्चालक आमा र छोरालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको हो ।

 

वि.सं.२०८० साउन ९ मंगलवार १३:०९ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...