काठमाडौं । बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घटेको छ ।
बागमती प्रदेश अन्तर्गत श्रम,रोजगार तथा यातायात मन्त्रालयले नेपाल आयल निगमले साउन १ गते इन्धनको मूल्यमा स्वचालित प्रणाली लागू भएसँगै भाडा समायोजन गरेको हो । प्रदेशले यसअघि पनि ११ जेठमा भाडादर समायोजन गरेको थियो ।
प्रदेशले जारी गरेको राजपत्र अनुसार उपत्यका बाहिर चल्ने लामो दूरीका यात्रुबाहक सवारीमा २.३० प्रतिशत, मालबाहक सवारीमा साधन (ट्रक) लगायतमा मा ३.१ प्रतिशत भाडा घटेको हो ।
राजपत्रमा उल्लेख भए अनुसार काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारी साधनमा ५ किलोमिटरसम्म १८ रुपैयाँ, १० किलोमिटरसम्म २४ रुपैयाँ, १५ किलोमिटरसम्म २९ रुपैयाँ, २० किलोमिटरसम्म ३२ र २० किलोमिटर भन्दाबढीमा यात्रा गर्दा ३७ रुपैयाँ भाडादर कायम गरिएको छ ।
यस्तो छ सूची
वि.सं.२०८० साउन ११ बिहीवार १६:३६ मा प्रकाशित






























