back
CTIZAN AD

तपाईको आज साउन १२ गते, शुक्रवारको राशिफल भन्छ-आज यी ८ राशिकालाई हुनेछ विशेष लाभ !

वि.सं.२०८० साउन १२ शुक्रवार

831 

shares

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आम्दानी लिने अवसर आए पनि स्वास्थ्यका कारण न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ। जिउ गल्ने र काम गर्न मन नलाग्ने समस्याले सताउनेछ। बाध्यताले काममा जुट्नैपर्ने अवस्था आउन सक्छ। आम्दानी र खर्चको विवरण समयमा नराख्दा हिसाबकिताब बिग्रने सम्भावना छ। समस्या दर्साउँदा सहयोगीले साथ दिनेछन् र मुस्किलले काम बन्नेछ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
दिन मनोरञ्जनपूर्ण रहनेछ। आतिथ्यपूर्ण सम्मानका साथ मित्रताको बन्धन कसिलो हुनेछ। व्यापार बढ्नेछ। व्यवसायका लागि यात्रा सम्भावना छ। सोख पूरा हुनुका साथै प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ। नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ। सुमधुर प्रेम वा दाम्पत्यले प्रफुल्लित भइनेछ। आम्दानी प्रशस्तै हुनाले उपभोग्य सामग्री खरिद गर्न सकिनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन्। व्यापारलगायत लाभ हुने काम प्रारम्भ हुनेछ। महत्त्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ। प्रयत्न गर्दा रचनात्मक काम प्रारम्भ हुनेछ। यात्राको साइत जुर्न सक्छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सहयोगीहरू पछि हट्नाले चिताएको काममा बाधा पुग्नेछ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउनेछ। नतिजा कमजोर देखिनाले केही काम दोहोर्याउनुपर्ला। सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू मात्र फेला पर्नेछन्। परिवारमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
चिताएको काम बन्नाले उत्साह जाग्नेछ। नयाँँ काम सुरु हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा लाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
मान–सम्मान प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। अध्ययनमा प्रगति हुनेछ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलामा निखारता ल्याउने अवसर प्राप्त हुनेछ। चिताएको काम समेत सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ। मेहनतले सम्मानित स्थान समेत दिलाउनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
सहयोगीहरू प्रशस्तै भेटिनेछन्। रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। मनग्य धन आर्जन होला। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आम्दानी र खर्चको विवरण समयमा नराख्दा हिसाबकिताब बिग्रने सम्भावना छ। किनमेलमा अधिक खर्च गर्दा खल्ती रित्तिन सक्छ। कामबाट सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ। फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आयआर्जनका स्रोत देखिए पनि सोचेको आम्दानी नहुन सक्छ। किनमेलमा अधिक खर्च गर्दा खल्ती रित्तिने सम्भावना छ। दिगो काममा लगानी गर्ने अवसर जुट्नेछ। तर थालेको काममा लागत बढ्नेछ। आफ्नो लाभांशमाथि अरूले दाबी–विरोध गर्न सक्छन्। ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला। नयाँ काममा हातहाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
भाग्यवश कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। प्रयत्न गर्दा महत्त्वपूर्ण वस्तु लाभ होला। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मिहिनेत परे पनि प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ। सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। अभाव हट्नुका साथै नाम, दाम र इनाम प्राप्त हुनेछ। धार्मिक मनोवृत्ति बढ्नेछ र सेवामूलक काम गरिनेछ।

२०८० साउन १२ गते, शुक्रवार, (२८ जुलाई २०२३)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

 

वि.सं.२०८० साउन १२ शुक्रवार ०६:२९ मा प्रकाशित

साउनको अन्तिम सोमबारः तीनबजेदेखि नै पशुपतिमा भक्तजनको भिड

साउनको अन्तिम सोमबारः तीनबजेदेखि नै पशुपतिमा भक्तजनको भिड

काठमाडौँ । सौरमासअनुसार साउनको अन्तिम सोमबार बोलबम यात्रा गर्न भक्तजन...

धार्मिक पर्यटकको आकर्षण बन्दै सिसमहल

धार्मिक पर्यटकको आकर्षण बन्दै सिसमहल

बागमती । मकवानपुरको हेटौँडा नगरपालिका वडा नं ५ चिसापानी रङ्गपथस्थित...

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

काठमाडौँ । यस वर्षको साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका...

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

काठमाडौँ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा...