back
CTIZAN AD

स्याउ सुपरजोन जुम्लाले दियो ५८ जना किसानलाई हाते ट्र्याक्टर

वि.सं.२०८० साउन १२ शुक्रवार

933 

shares

जुम्ला । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ स्याउ सुपरजोन कार्यालय जुम्लाले यहाँका किसानलाई अनुदानमा हाते ट्र्याक्टर वितरण गरेको छ ।

कार्यालयले ५० प्रतिशत अनुदानमा जिल्लाका किसानलाई खेती गर्न सहज होस् भन्ने उद्देश्यले ५८ हाते ट्र्याक्टरसहितका सामग्रीहरू प्रदान गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ जुम्लाका प्रमुख खेमराज शाहीले जानकारी दिए ।

कृषिमा यान्त्रिकीकरण गर्ने उद्देश्यले विभिन्न कृषि समूहमा समावेश भएका किसानलाई उक्त कृषि औजारका सामग्री वितरण गरिएको छ । यहाँका किसानलाई हाते ट्र्याक्टरको प्रयोगसम्बन्धी तालिम दिइएको एकाइ प्रमुख शाहीको भनाइ छ ।

किसानले गर्दै आएको काममा थप सहयोग पुगोस् भन्ने उद्देश्यले कृषि सामग्री हस्तान्तरणसँगै आवश्यक प्राविधिक सहयोग गर्दै आएको उल्लेख गर्दै उनले किसानलाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ कार्यालयले निरन्तर काम गरिरहेको बताए ।

 

 

वि.सं.२०८० साउन १२ शुक्रवार ०७:०३ मा प्रकाशित

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी...

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

वालिङ (स्याङ्जा) । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक...

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

इलाम । वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बन्नुभएको छ...