back
CTIZAN AD

रोजगारी खोज्दै प्रत्येक महिना ६४ हजार नेपाली जान्छन् विदेश

वि.सं.२०८० साउन १५ सोमवार

1.1K 

shares

काठमाडौं । पछिल्लो वर्षहरुमा वैदेशिक रोजगारीमा जानेको संख्या क्रमशः बढ्न थालेको छ । स्वदेशमा रोजगारीको अवसर कम हुँदै गर्दा युवाहरु बाध्यात्मकरुपमै विदेश भासिएको देखिन्छ ।

कोरोना कालअघिको समयभन्दा कोरोना कालपछि धेरै नेपाली विदेशिएका छन् । आर्थिक वर्ष २०७५/०७६ मा पाँच लाख आठ हजार ८२७ जना नेपाली रोजगारी खोज्दै विदेशिएका थिए । त्यसपछिका तीन वर्ष कोरोना महामारीको कारण संख्यात्मकरुपमा केही कम नेपाली विदेशिए ।

तर, कोरोना कालपछि विदेशिनेको संख्या निकै बढेको छ । आर्थिक वर्ष २०७९/८० सम्म आइपुग्दा सात लाख ७१ हजार ३२७ जना नेपाली रोजगारी खोज्दै विदेशिएका छन् । जुन तथ्यांकअनुसार औसतमा मासिक ६४ हजार २७७ जना नेपाली रोजगारी खोज्दै विदेशिएका छन् ।

सबैभन्दा धेरै मलेसिया

वैदेशिक रोजगारीमा जाने अधिकांश नेपाली विशेषतः खाडी मुलुक नै गएको पाइन्छ । मलेसिया, कतार, दुबई, साउदी अरबजस्ता देशमा नै नेपालीहरु कामको खोजीमा पुगेका छन् ।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गत एक वर्षको बीचमा मलेसिया मात्रै दुई लाख ५९ हजार ५९४ नेपाली रोजगारीको शिलशिलामा पुगे । जुन यसअघिका वर्षहरुको तुलनामा निक्कै बढी हो ।

यस्तै, कतार एक लाख ३३ हजार २६२, दुबई एक लाख १६ हजार १५९, साउदी अरब एक लाख १२ हजार ७७७ र कुवेत ४३ हजार ५०७ नेपाली रोजगारीको शिलशिलामा गएका छन् ।

कुन महिना कति विदेश गए ?

२०८० असार : ५५ हजार २९९

” ” जेठ : ५९ हजार ४२२

” ” वैशाख : ५४ हजार ४५७

२०७९ चैत : ६१ हजार ४७८

” ” फागुन : ६१ हजार ८४५

” ” माघ : ६४ हजार २८४

” ” पुस : ६५ हजार ४६४

” ” मंसिर : ६८ हजार ५६४

” ” कात्तिक : ७८ हजार ३७०

” ” असोज : ६२ हजार ७०६

” ” भदौ : ७६ हजार ४०३

” ” साउन : ६३ हजार ३९

वि.सं.२०८० साउन १५ सोमवार १२:४७ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...