काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेडले आफ्ना ग्राहकका लागि ‘खुशीको बण्डल’ अफर सार्वजनिक गरेको छ ।
कम्पनीले सार्वजनिक गरेको अफरअनुसार डिशहोमको फाइबर इन्टरनेट प्रयोगकर्ताले सस्तोमा टिभी प्याकेज पाउनेछन् ।
कम्पनीले जनाएअनुसार डिशहोमको फाइबर इन्टरनेट प्रयोगकर्ताले मासिक १०० रुपैयाँमै टिभी प्याकेज लिन सक्नेछन् ।
कम्पनीले जनाएअनुसार उक्त प्याकेजमा दूई सयभन्दा बढी च्यानलहरु आउनेछ । जसमा ६०भन्दा बढी एचडी च्यानल हुने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यो अफरबाट नयाँ र पुराना दुवै ग्राहकहरु लाभान्वित हुनेछन् ।
वि.सं.२०८० साउन २४ बुधवार १४:२६ मा प्रकाशित






























