काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा उच्च अंकले गिरावट आएको छ । मंगलबार ३१.८० अंकले बजार घट्दै २०४५.४४ को बिन्दुमा झरेको छ ।
मंगलबार दुई अर्ब १५ करोड ७३ लाख १२ हजार ३६९ रुपैयाँ बराबरको ५६ लाख ३ हजार १७९ कित्ता शेयर खरिदबिक्री भएको छ।
उच्च अंकले घटेको बजारमा अधिकांश कम्पनीको मूल्य घटे । कारोबारमा आएका २२५ कम्पनीमध्ये २०१ कम्पनीको मूल्यमा गिरावट आयो भने चार कम्पनीको मूल्य स्थिर रह्यो । घटेको बजारमा पनि २० कम्पनीको मूल्यमा भने केही बृद्धि भएको छ ।
मंगलबार हिमालयन डिष्ट्रिलरी, थ्रि स्टार हाइड्रो पावर, मोलुङ हाइड्रोपावरलगायतको मूल्यमा उच्च गिरावट आयो । नाफामा उच्च गिरावट आएको कारण हिमालयन डिष्ट्रिलरीको किन्नेभन्दा बेच्ने धेरै देखिए । मंगलबार २० करोड ५५ लाख रुपैयाँ बराबरको हिमालयन डिष्ट्रिलरीको मात्रै कारोबार भयो ।
मंगलबार कारोबारमा आएका १३ उपसमूहमध्ये १२ उपसमूहको सूचक नकारात्मक देखिएको छ भने म्युचुअल फण्ड उपसमूहको सूचक सकारात्मक देखिएको छ। उत्पादन तथा प्रशोधन उपसमूहको सूचक सबैभन्दा धेरै ४।२६ प्रतिशतले घटेको छ।
वि.सं.२०८० साउन ३० मंगलवार १५:२९ मा प्रकाशित




























