काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा चितवनबाट थप एकजना पक्राउ परेका छन् ।
नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बिहीबार चितवनमा एमबीबीएस अध्ययनरत नसिम अख्तरलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितका अनुसार सप्तरीको राजविराज ७ का अख्तरलाई पक्राउ गरेर सिआइबीको जिम्मा लगाइएको हो ।
अख्तरको आइएस्सी पासको सर्टिफिकेट नक्कली भएको सूचनाको आधारमा उनलाई पक्राउ गरिएको बताइएको छ ।
नक्कली प्रमाणपत्र प्रकरणमा हालसम्म सांसद तथा नेपाली कांग्रेसका नेता सुनिल शर्मासहित ८ जना पक्राउ परेका छन् । ती मध्ये एकजना निर्दोष भएको र सांसद शर्मा जिल्ला अदालतको आदेश अनुसार अनुसन्धानमा सघाउनेृ गरी हिरासतबाट बाहिरिएपछि हाल अख्तरसहित ७ जनालाई अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।
नक्कली भन्दै सिआइबीद्वारा पक्राउ गरिएका डाक्टरको प्रमाणपत्र सक्कली पाइएपछि…
वि.सं.२०८० भदौ १ शुक्रवार १३:११ मा प्रकाशित






























