जमुना पौड्याल,विराटनगर
१.
बेर भयो जुटौँ न अब त
टुलुटुलु हेरेर कति बस्ने साथी
भ्रष्ट सबै चुटौँ न अब त
२.
स्वागत गर्न अघि सर्नुपर्छ
असल,खराब चिनेर व्यवहार गरौँ
दुश्मन देखे आँखा तर्नुपर्छ
३.
काम गर्नु परे दिनरात भन्नू हुन्न
चाँदनीको उज्यालोले राति देखाउँछ बाटो
गिराउन अरूलाई खाल्डो खन्नु हुन्न
४.
यता न उताका उभिण्डा जस्ता
हाम्रा देशका नेतालाई कसले सुधार छ
काम न काजका कुभिण्डा जस्ता
५.
मागे जति दिनु हुन्न खटाउनुपर्छ
दिनभन्दा लिन खोज्ने मान्छे भए अपराधी
काम गर्न अल्छी गरे हटाउनुपर्छ
वि.सं.२०८० भदौ २ शनिवार ०८:०४ मा प्रकाशित





























