back
CTIZAN AD

मुक्तक

वि.सं.२०८० भदौ २ शनिवार

1.8K 

shares

प्रकाश घायल,फुटुङ, काठमाडौं

१.
सामीप्यता छोडेर बिस्तार बिस्तारै दूरी बढ्दै गयो
खै ! कस्तो अचम्म मन चोरीको उजुरी बढ्दै गयो
उभिएको धरातल बिर्सेर दम्भको पर्खाल चढेपछि
मान्छेमा अहंकार घमण्ड झन् चुरिफुरी बढ्दै गयो ।

२.
प्रश्नै प्रश्नको डंगुर मात्रै छ, छैन उत्तर के भन्नु
बेथितिले गाँजेपछि परिहाल्छ असर के भन्नु
हड्डी नै घोटिसक्दा पनि कतै भविष्य नदेखेपछि
भविष्य खोज्न बिदेशीए, छोडे गाउँघर के भन्नु ?

३.
एकान्तमा तिमी रोयौ अनि पो तस्बिर रोयो
गजुर ढल्किए पछि आस्थाको मन्दिर रोयो
मौसम बदलिए पनि तक्दिर बदलिएन अझै
फूलमा वसन्त हाँस्यो सिरेटोले शिशिर रोयो ।

४.
हिउँदको खहरे खोल्सीमा बाँध बाँधेको देखियो
निहित स्वार्थले सिमाना र साँध नाघेको देखियो
सर्बाङ्ग देखियो, बाँकी रहेन केही देख्नलाई अब
झन् भीर लड्ने गाईलाई काँध थापेको देखियो ।

५.
घाम हेरेर बस्नु अनि आकाशको जून हेरेर बस्नु
हेर्नुस् छरिन्छ टुकुचा माथीको बिस्कुन हेरेर बस्नु
कुम्भकर्ण निद्रामा निदाउनु भो यतिञ्जेल सम्म
अब त! काम लाग्दैन हिजोको भनसुन हेरेर बस्नु ।

 

वि.सं.२०८० भदौ २ शनिवार ०८:११ मा प्रकाशित

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

दाङ । दाङको घोराहीमा एक विशेष साहित्यिक समारोहका बीच साहित्यकार...

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज ) बाणगंगा १ चार नम्बर कपिलवस्तु...

गजल

गजल

सुधिर थापा, कुपण्डोल , काठमाडौँ खुसी बन्दै झुम्याै कस्तो तिमी...

सुसेली

सुसेली

पिँडालु पण्डित, नुवाकोट १. खाए शपथ सबै बिर्से लुँड्याए भयो...

गजल

गजल

उत्तम विचार, काठमाडौँ गरिब आकाश ओढ्दै छन् सहरमा टन्न घर...

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...