रोशन पराजुली,बरगाछी, धरान
१.
मनको आँखा
सुसोभित पल्लवि
डालीमा फूल।
२.
शान्त तलाव
कलकल बहाव
रंग फेरिदै।
३.
उज्यालो दिप
टिलपिल नक्षत्र
आकाश गंगा ।
४.
प्रकाश पूञ्ज
सौम्यताको आधार
मनोर स्वाद ।
५.
डाली बिनाको
लहलह लतिका
माली नभाको।
६.
सुर्योदयमा
अनेक रंगभाव
छर्दै प्रकाश !
७.
कर्कला पात
माग्नेलाई अचार
नसोधी दिंदा ।
८.
दिन हेरेर
उज्यालो भो आँगन
रूप फेरेर ।
९.
कर्कश ध्वनि
जताततै जंगल
आफै मंगल !
१०.
मान मनितो
टपरीमा भतेर
बृद्वको जन्ती
वि.सं.२०८० भदौ २ शनिवार ०८:१२ मा प्रकाशित






























