back
CTIZAN AD

‘चौथो ब्रिटिस कप–२०२३ इन्टर कलेज फुट्सल टुर्नामेन्ट’को उपाधि थेम्सलाई

वि.सं.२०८० भदौ ४ सोमवार

834 

shares

काठमाडौँ । ‘चौथो ब्रिटिस कप– २०२३ इन्टर कलेज फुट्सल टुर्नामेन्ट’को उपाधि थेम्स कलेजले जितेको छ । बालुवाटारस्थित ढुकु फुट्सलमा शुक्रबार सम्पन्न फाइनल खेलमा आईएसएमटी कलेजलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै थेम्सले उपाधि जितेको हो ।

विजेता टिमले १ लाख रुपैयाँ नगद र ट्रफि हातपारेकोे छ भने उपविजेता टिमले ५० हजार रुपैयाँ नगद तथा ट्रफि प्राप्त गरेको छ । त्यस्तै, व्यक्तिगततर्फको अवार्ड पनि थेम्सकै दुई खेलाडीहरुले प्राप्त गरेका छन् । थेम्सका मिलन गोदार थापा प्रतियोगिताको उत्कृष्ट खेलाडी तथा मोहम्मद फाहिद उत्कृष्ट गोलकिपर घोषित भए । थापा र फाहिदले जनही १०–१० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

कार्यक्रम सफलतापूर्वक सकिएकोमा ब्रिटिस कलेजका अध्यक्ष उपेन्द्रराज शर्माले धन्यवाद तथा बधाई ज्ञापन गरे ।

‘हाम्रा सहकर्मी तथा विद्यार्थीहरुको मिहेनतले यो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । म कार्यक्रमको आयोजक, स्वयंसेवक, सम्पूर्ण सदस्यहरु तथा समर्थकहरुलाई धन्यवाद ज्ञापन गर्न चाहान्छु ।’

प्रतियोगितालाई सभ्य र भब्य बनाउन आयोजकले बिभिन्न संस्थाहरुसँग सहकार्य गरेको थियो । कार्यक्रमको शिर्ष प्रायोजन ग्रेश इन्टरनेशनल कन्सलटेन्सीले गरेको थियो । त्यस्तै, इन्स्योरेन्स पार्टनरमा नेको इन्स्योरेन्स, ई–कमर्श पार्टनरमा दराज, मोबिलिटी पार्टनरमा पठाओ, हस्पिटालिटी पार्टनरमा होटल कन्ट्री भिला, मेडिकल पार्टनरमा वयोधा हस्पिटल्स, मिडिया पार्टनरमा हाम्रो खेलकूद र फुड पार्टनरमा एमके फुड प्रोडक्ट रहेका थिए भने, मेमो गार्डन, रेड मुन, आँखी झ्याल तथा शिव साउण्डले पनि प्रतियोगिताको लागि सहकार्य गरेको थियो ।

सन् २०१८ देखि कलेजले निरन्तर रुपमा आयोजना गर्दै आएको प्रतियोगिताको यस संस्करणमा १६ टिमले सहभागिता जनाएका थिए । कलेजका मार्केटिङ प्रमुख अमरदिप मण्डलले सहभागी सम्पूर्ण टिमहरुलाई धन्यवाद ज्ञापन गरे ।

‘म विजता तथा उपविजेतालाई बधाई दिन चाहान्छु । साथै, सहभागी टिमहरु किङ्ग्स कलेज, थेम्स कलेज, एस बिजनेश स्कुल, क्याम्पियन, सेन्ट जेभियर्स, आईआईएमएस, सफ्वेरिका, हेराल्ड केटीएम, सिल्भर माउण्टेन, प्राइम, एपेक्स, नाथम, केसीएम, ब्रिटिस प्रोफेशनल कलेज तथा हाम्रो टिमलाई पनि धन्यवाद दिन चाहान्छु ।’ मण्डलले भने ।

कार्यक्रम भब्यताकासाथ सम्पन्न भएकोमा कलेजका ईसीए कोअर्डिनेटर हिमाल कार्की तथा स्पोर्टस् कोअर्डिनेटर कभीचन्द्र राईप्रति पनि कृतज्ञता व्यक्त गर्दै मण्डलले पाँचौ संस्करण अझै बृहत हुने जानकारी दिए ।

 

वि.सं.२०८० भदौ ४ सोमवार १३:०२ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

काठमाडौं । नेपाल चिकित्सक संघले देशका विभिन्न मेडिकल कलेजका रेजिडेन्ट...

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...