back
CTIZAN AD

मुक्तक

वि.सं.२०८० भदौ १६ शनिवार

1.3K 

shares

खोलाघरे साहिंलो,इलाम

१.
मनभरि माया थियो बोल्न सकिएन
प्रतिष्ठाले गर्दा कुरो खोल्न सकिएन
अग्लो मचानबाट तल ओर्लिएर झ्वाम्मै
प्रीतप्रवाहमा बग्दै छिचोल्न सकिएन ।

२.
मलाई पनि तरकारी र तिहुुन उस्तै लाग्छ
सहयोगी भुटुन,मसला र नून उस्तै लाग्छ
भाउबिक्रीको आकाशपाताल अन्तर किन हेर्नू ?
सुन्दाखेरि मात्रै पनि लसुन र सुन उस्तै लाग्छ !

३.
समयले ठगेपछि कसको के लाग्छ ?
खोलो उल्टो बगेपछि कसको के लाग्छ ?
दैव नै हो सुखद संयोग मिलाई दिनेओर्ने
संयोग उसैले लगेपछि कसको के लाग्छ ?

४.
नियन्ताले ठुलो, अग्लो, होचो बनायो
होचालाई मात्रै पिट्ने घोचो बनायो
त्यो अन्यायी नियन्तालाई मुद्दा हाल्नुपर्छ
किन कतै मजबूत, कतै पोचो बनायो ?

५.
मनमा मात्रै खेल्ने ‘माया’ पीर हुँदो रैछ
माया साबित गर्ने टुङ्गो शरीर हुँदो रैछ
पीर मात्रै उठाउने वा टुंगो लगाइदिने
छिनोफानो गर्ने चाहिँ तकदीर हुँदो रैछ ।

वि.सं.२०८० भदौ १६ शनिवार ०८:४५ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...