
सुरेशकुमार पाण्डे, दाङ घोराही
‘मैले रक्सि त पिउँन दिदै दिन्न । दिनरात रक्सी घोकेपछि तिमी सैतान जस्तै गर्छौँ । निमेक गरेको सबै पैसा रक्सिमा सकेपछि कसरी छोराछोरी पाल्ने ? बरू दुध, दही, फलफूल खाउ तर रक्सि घरमा नल्याउ !’ लक्ष्मीले गकुललाई हकार्दै भनिन् ।
‘होइन आज मात्र पिन्छु भोलीबाट चटक्कै छोड्दिन्छु !’ गकुलले कान छोप्दै भने ।
‘अँह हुँदैहुँदैन्, त्यस्तो तिमिले सधै भन्छौ । त्यो सुन्न लागेको पनि आधा दशक भयो । अरू तिमिले जे भनेपनि मान्छु तर रक्सि खान त दिंदै दिन्नँ ।’ लक्ष्मीले गकुलको अनुहार नियाल्दै भनिन् ।
‘हस्, त्यो रक्सी किन्ने पैसाले कात्रो किनेस् !’ भन्दै गकुल भित्र गए ।
लक्ष्मीले खाना बनाई र ढोका खटखटाईन् तर गकुलले ढोका खोलेनन् !
घरका सबै जम्मा भए । ‘गकुल दैलो खोल छोरा ।’, आमाले दैलो ढकढकाउँदै भनिन्, तर उनले दैलो खोलेनन् । उनको यो व्यवहारले परिवार चिन्तामा पर्यो । सबै मिलेर दैलो खोले कोठाभित्रको दृश्य देखेर सबैको स्वास तलको तल, माथिको माथि भयो ।
गकुलले पङ्खामा साफा बानेर आफ्नो जीवन लिला समाप्त पारिसकेको थिए ।’
वि.सं.२०८० भदौ १६ शनिवार ०८:४१ मा प्रकाशित