back
CTIZAN AD

लघुकथा-नसा रक्सीको

वि.सं.२०८० भदौ १६ शनिवार

1.5K 

shares

सुरेशकुमार पाण्डे, दाङ घोराही

‘मैले रक्सि त पिउँन दिदै दिन्न । दिनरात रक्सी घोकेपछि तिमी सैतान जस्तै गर्छौँ । निमेक गरेको सबै पैसा रक्सिमा सकेपछि कसरी छोराछोरी पाल्ने ? बरू दुध, दही, फलफूल खाउ तर रक्सि घरमा नल्याउ !’ लक्ष्मीले गकुललाई हकार्दै भनिन् ।

‘होइन आज मात्र पिन्छु भोलीबाट चटक्कै छोड्दिन्छु !’ गकुलले कान छोप्दै भने ।

‘अँह हुँदैहुँदैन्, त्यस्तो तिमिले सधै भन्छौ । त्यो सुन्न लागेको पनि आधा दशक भयो । अरू तिमिले जे भनेपनि मान्छु तर रक्सि खान त दिंदै दिन्नँ ।’ लक्ष्मीले गकुलको अनुहार नियाल्दै भनिन् ।

‘हस्, त्यो रक्सी किन्ने पैसाले कात्रो किनेस् !’ भन्दै गकुल भित्र गए ।

लक्ष्मीले खाना बनाई र ढोका खटखटाईन् तर गकुलले ढोका खोलेनन् !

घरका सबै जम्मा भए । ‘गकुल दैलो खोल छोरा ।’, आमाले दैलो ढकढकाउँदै भनिन्, तर उनले दैलो खोलेनन् । उनको यो व्यवहारले परिवार चिन्तामा पर्यो । सबै मिलेर दैलो खोले कोठाभित्रको दृश्य देखेर सबैको स्वास तलको तल, माथिको माथि भयो ।

गकुलले पङ्खामा साफा बानेर आफ्नो जीवन लिला समाप्त पारिसकेको थिए ।’

वि.सं.२०८० भदौ १६ शनिवार ०८:४१ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...