back
CTIZAN AD

कविता : हामी संयमित बनौँ

वि.सं.२०८० भदौ १६ शनिवार

1.2K 

shares

मचिन्द्र खत्री,सुनसरी

हामी सबैले अब बुझ्नुपर्छ
ती शत्रु साझासँग जुध्नपर्छ ।
होलान् कसैका सपना सुनौला
संस्कार आफ्नै अब पुज्नुपर्छ ।।१

तेरो र मेरो झगडाछ आज
बुझ्छौँ कहाँ यो ? अरुकोछ काज ।
ऐ! दाजु मेरा सुन भाइ मेरा
यस्तै भएमा अब हुन्न डेरा ।।२

इच्छा हुनेले चुपचाप खाऊ
पाडा र बाच्छा दिलले चपाऊ ।
यो भाँडभैलो किनगर्न लाग्यौ
यो युद्धगर्दै किनमर्न लाग्यौ ।।३

होलान् कतै ती घरबार भाड्ने
संतान सारा रणबीच मार्ने ।
यो जान चाँडो पछि चोट लाग्ला
दोषी सबै छौँ बुझ खोट लाग्ला ।।४

हत्या नगर्नू गुरु फाल्गु भन्छन्
ती बुद्धवाणी पनि यो कहन्छन् ।
यो प्राणहर्ने अधिकार छैन
मान्छे विवेकी तर बुद्धि छैन ।।४

कोही महाभारत हेर्न भन्छन्
यो शास्त्र जान्ने अति उच्च बन्छन् ।
यो कल्पना हो कविको कला हो
लेखे कथा यो छविको भला हो ।।६

यो सृष्टि भन्दा पर देवछैन
हो सृष्टि एकै तर भेदछैन ।
हौँ मूर्ख हामी अब बुझ्नुपर्छ
यो जन्मधर्ती घर पुज्नुपर्छ ।।७

छन्द : इन्द्रवज्रा
गण : त त ज गु गु
गण संकेत : ऽऽ। ऽऽ। ।ऽ। ऽ ऽ

वि.सं.२०८० भदौ १६ शनिवार ०८:३९ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...