back
CTIZAN AD

जाजरकोटका सबै क्षेत्रमा खानेपानीको र सञ्चार सेवा सुविधा सुनिश्चित गरिनेछ : ऊर्जामन्त्री बस्नेत

वि.सं.२०८० भदौ १७ आइतवार

819 

shares

जाजरकोट । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले जाजरकोटका सबै क्षेत्रमा खानेपानीको सुविधा बिस्तार गरिने बताएका छन् । आज सदरमुकाम खलङ्गामा भएको पत्रकार भेटघाटका क्रम हालसम्म ८५ प्रतिशत जनसङ्ख्यामा खानेपानीको सुविधा पुगेको भन्दै बाँकी १५ प्रतिशतमा कार्ययोजना बनाएर पहुँच स्थापित गर्ने जानकारी दिए ।

मन्त्री बस्नेतले एक वर्षभित्र जिल्लाका सबै ठाउँमा सञ्चार सेवा बिस्तार गरिने बताउँदै हालसम्म २८ वटामध्ये २१ टावर सञ्चालनमा रहेको र सात वटा टावर मर्मत भइरहेको बताए । उनले केही टावर थप गरी सञ्चार सेवा सबै क्षेत्रमा सुनिश्चित गरिने प्रतिबद्धता जनाए ।

जिल्लाका कच्ची सडक स्तरोन्नति भइरहेको उनकोे भनाइ छ । साथै जिल्लाका अस्पतालमा डाक्टरको सङ्ख्या कम भएको भन्दै उक्त समस्या हल गर्न आफू लागिपरेको उनकोे भनाइ छ ।

वि.सं.२०८० भदौ १७ आइतवार १३:०३ मा प्रकाशित

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य एवं...

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

काठमाडौँ । विद्यार्थीहरूले आफैँ पैसा उठाएर ‘केक’ ल्याएका थिए ।...

ऐन संशोधनका लागि पत्राचार

ऐन संशोधनका लागि पत्राचार

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सुरक्षित मातृत्व तथा प्रजनन...

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सर्वसम्मत अनुमोदित

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सर्वसम्मत अनुमोदित

काठमाडौं । संघीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तका...

फरार प्रतिवादी पक्राउ

फरार प्रतिवादी पक्राउ

वीरगञ्ज (पर्सा) । ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले...

सानेपामा नेता श्रेष्ठप्रति अन्तिम श्रद्धाञ्जली

सानेपामा नेता श्रेष्ठप्रति अन्तिम श्रद्धाञ्जली

काठमाडौँ । नेपाली कांग्रेसका पूर्व उपसभापति तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको...