कावासोती ,नवलपुर । नेपाल सरकार युवा तथा खेलकूद मन्त्रालय युवा तथा साना व्यवसायी स्वरोजगार कोषले कर्जा लगानी सम्बन्धी एक दिने अभिमुखिकरण तालिम सञ्चालन गरेको छ । आइतबार नवलपुरको कावासोती स्थित सहकारी संस्थाको आफ्नै भवनमा संस्थाले तालिम सञ्चालन गरेको हो ।

सो कार्यक्रमको संयोजन तथा सहजीकरण मिलिजुली महिला बहुउद्धेश्यीय सहकारी संस्था कावासोतीले गरेको थियो । कार्यक्रममा पशुपालन, सफारी, अटो, रिक्सा ,पोल्ट्री फर्म, किराना पसल , भेटफर्मा ,चटपट ठेला लगायत क्षेत्रका उत्पादक तथा व्यवसायीको सहभागिता थियो ।
साना उद्योगी तथा व्यवसायीलाई कार्यक्रमको प्रमुख अतिथी समेत रहनु भएका युवा तथा साना व्यासासायी स्वरोजगार कोष नवलपुरका सदस्य सचिव कुशल प्रशिक्षक प्रितम भुजेलले प्रशिक्षण दिएका थिए । कार्यक्रम सन्चालन मिलिजुली महिला बहुउद्देश्यीय सहकारी संस्थाकी सचीव अन्जुदेवी थापाले गरेकी थिइन् ।

मिलिजुली बहुउद्देश्यीय सहकारी सस्थाका अध्यक्ष तिलुमाया खनाल घिमिरेको अध्यक्षता रहेको सो कार्यक्रममा कोषाध्यक्ष रुमती आले, व्यवस्थापक रन्नता न्यौपाने, ऋण संयोजक मिना सिग्देल न्यौपाने, पुर्ब अध्यक्ष खिना भुसाल र बिधा गैरे लगाएत अन्य थुप्रै शेयर सदस्य साथै विभिन्न उधमीहरुको सहभागिता रहेको थियो ।
वि.सं.२०८० भदौ १७ आइतवार २२:३१ मा प्रकाशित






























