back
CTIZAN AD

सेयर कर्जामा १२ करोडको सीमा हटाउनु पर्ने पूर्व अर्थमन्त्री पाण्डेको भनाइ

वि.सं.२०८० भदौ १७ आइतवार

807 

shares
काठमाडौँ । नेकपा एमालेका नेता तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले सेयर कर्जामा १२ करोडको सीमा हटाउनु पर्ने बताएका छन् ।
नेकपा एमाले निकट उद्योगी व्यवसायीहरूको छाता संस्था नेपाल उद्योग तथा व्यवसायी महासङ्घले आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल राष्ट्र बैङ्कले सेयर धितो कर्जामा १२ करोडको सीमा तोकेर ठिक नगरेको बताउँदै अब सो सीमा हटाएर कुल कर्जामा १० प्रतिशत सेयर बजारमा जानु पर्ने नीति बनाउनु पर्ने बताएका हुन् ।
पूर्व अर्थमन्त्री पाण्डेले राष्ट्र बैङ्कले सेयर बजारमा कडाइ गर्दा लगानीकर्ताले १४ खर्ब गुमाएको बताउँदै त्यो नोक्सानी पनि सरकारकै भएको धारणा राखे । ‘राष्ट्र बैङ्कले कडाइ गरेपछि सेयर बजारमा लगानीकर्ताले १४ खर्ब गुमाइसके, यसबाट सरकारले राजश्व पनि गुमाएको छ, राष्ट्रको पनि नोक्सान हो,’ उनले भने ।
पूर्व अर्थमन्त्री पाण्डेले देशको अर्थतन्त्र चलायमान बनाउनको लागि बैङ्कको ब्याजदर घटाउनुपर्ने बताए । ‘ब्याज घटेन भने उत्पादन बढ्न सक्दैन । ब्याज नघटी हुँदैन’, उनले भने । अहिलेको सरकारले अर्थतन्त्रका गम्भीर विषयलाई सम्बोधन नगरेर देशलाई आर्थिक सङ्कटतर्फ लगेको पूर्व अर्थमन्त्री पाण्डेको आरोप छ ।

वि.सं.२०८० भदौ १७ आइतवार २१:५५ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...