back
CTIZAN AD

भगवति हाइड्रोको आईपीओ बाँडफाँड

वि.सं.२०८० भदौ १८ सोमवार

954 

shares

काठमाडौं । भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले आज सोमबार शेयर बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार आईपीओमा कुल १३ लाख ९ हजार ६६ जनाको आवेदन परेको छ । जस मध्ये २३ सय ८९ जनाको आवेदन रद्द भएको छ । योग्य रहेका १३ लाख ६ हजार ६ सय ७७ जनालाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको छ । जस अनुसार ७१ हजार २ सय २२ जनाले १० कित्ताको दरले शेयर पाएका छन् । बाँकि लगानीकर्ता भने हात खाली भएका छन् । आईपीओको नतिजा केहि समयपछि प्रकाशन हुने छ ।

मेरोशेयरको वेबसाइटबाट आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।

कम्पनीले भदौ ५ देखि भदौ ८ गतेसम्म शेयर निष्काशन गरेको थियो । कम्पनीले सर्वसाधारणलाई ७ लाख १२ हजार २ सय २० कित्ता शेयर निष्काशन गरेको थियो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ११६ रुपैयाँमा शेयर निष्काशन गरेको थियो ।

यस कम्पनीले कास्कीमा ४.५ मेगावाट क्षमताको विजयपुर १ साना हाइड्रोपावर आयोजनाको निर्माण सम्पन्न गरि बिजुली उत्पादन गरिरहेको छ । यस अयोजनाले २०६९ भदौ ५ देखि व्यावसायिक रुपमा बिजुली उत्पादन गरिरहेको छ ।

 

वि.सं.२०८० भदौ १८ सोमवार १०:४७ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...