back
CTIZAN AD

विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन पक्राउ

वि.सं.२०८० भदौ २४ आइतवार

816 

shares

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा धादिङ ज्वालामुखी गाउँपालिका-१ स्थायी घर भई हाल भक्तपुर ठिमी नगरपालिका-३ बस्ने ४० वर्षीय राजकुमार लामिछाने, कैलाली लम्किचुहा नगरपालिका-५ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका-२६ मित्रनगर नयाँबसपार्क बस्ने २३ वर्षीय चित्रबहादुर मगर तथा स्याङ्जा वालिङ नगरपालिका-१२ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका-४ सुकेधारा बस्ने ४९ वर्षीय वीरबहादुर गुरुङ रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका लामिछाने, बलराम थापामगर तीन जनालाई वैदेशिक रोजगारीको लागि सर्विया पठाइदिन्छु, त्यसको लागि प्रतिव्यक्ति रु आठ लाख लाग्ने भन्दै, पीडितबाट पटकपटक गरी जम्मा रु १७ लाख रकम लिई सम्पर्कविहीन भएका मगरले निशान खड्कालाई वैदेशिक रोजगारीको लागि टर्की पठाइदिने तथा, त्यसको लागि रु पाँच लाख लाग्ने भन्दै निज पीडितबाट पटकपटक गरी जम्मा रु दुई लाख ५० हजार रकम लिई सम्पर्कविहीन भएको तथा गुरुङले राजभक्त रानाभाटलाई वैदेशिक रोजगारीको लागि फ्रान्स पठाइदिने भन्दै पीडितबाट पटकपटक गरी जम्मा रु १४ लाख रकम लिई सम्पर्कविहीन भई ठगी गरेका उजुरीका आधारमा पक्राउ गरिएको हो ।

पक्राउ परेका निज तीनै जनालाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताए ।
रासस

वि.सं.२०८० भदौ २४ आइतवार २२:०५ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...