back
CTIZAN AD

हवाई हमलामा तीस जना मारिए, दर्जनौं घाइते

वि.सं.२०८० भदौ २४ आइतवार

759 

shares

काठमाडाैँ , वड मदानी(सुडान) । सुडानको राजधानी खार्तुमको दक्षिणमा इलाकामा आइतबार भएको हवाई आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएको स्थानीय कार्यकर्ताहरूले बताएका छन् ।

सैन्य विमानले कुरो बजार क्षेत्रमा बमबारी गरेको प्रजातन्त्र समर्थक स्थानीय समितिले जनाएको छ । गत अप्रिल १५मा अर्धसैनिक बल ¥यापिड सपोर्ट फोर्ससँग युद्ध सुरु भएपछि सरकारी सेनाले नागरिक इलाकाहरूमा समेत आक्रमण गर्दै आएको आरोप उक्त समितिले लगाएको छ ।

सेना प्रमुख अब्देल फताह अल बुर्हानका पूर्वसहायक मोहम्मद हमदान डग्लोले नेतृत्व गरेको ¥यापिड सपोर्ट फोर्स र सुडानी सेनाबीचको युद्ध राजधानी खार्तुम, पश्चिमी क्षेत्र डाफुरदेखि कोर्डोफान र जाजिरा राज्यसम्म फैलिएको छ । युद्धमा परी हजारौँको मृत्यु भएको छ भने लाखौँ पलायन भएका छन् ।

सशस्त्र द्वन्द्वका सम्बन्धमा अनुसन्धान गरिरहेको एक संस्थाका अनुसार हालसम्म पाँच हजारभन्दा बढी सुडानीको मृत्यु भएको छ । यद्यपि मारिनेको वास्तविक सङ्ख्या योभन्दा धेरै भएको अनुमान गरिएको छ । संयुक्त राष्ट्रसङ्घीय निकायहरूले युद्ध चर्केपछि सुडानबाट चार करोड ६० लाख सर्वसाधारण विस्थापित भएका जनाएका छन् ।

युद्धबाहेक अत्यधिक गर्मी, अनियमित विद्युत् आपूर्ति, खाद्यान्न, औषधि र अन्य दैनिक उपभोग्य वस्तुको चरम अभावले सुडानका जनताको जीवन अति कष्टकर भएको छ । केही समयअघि सुडानका लागि संयुक्त राष्ट्रसङ्घका मानव अधिकारविज्ञ राधुआने नुइसरले युद्धको भयावह अवस्थाको चित्रण गर्दै पूरै देशलाई बन्धक बनाइएको बताएका थिए ।

दुई सैन्य निकायबीच शासन सत्ता हत्याउनका लागि सुडानमा द्वन्द्व भइरहेको हो । सुडानमा हाल सेनाप्रमुख बुर्हानले शासन सञ्चालन गरेका छन् । उनले मुलुकको प्रणालीलाई अस्तव्यस्त बनाएको तथा प्रजातन्त्र मासेको भन्दै सशस्त्र बलको नेतृत्व गरेका डग्लो सैनिक शासनविरुद्ध युद्धमा उत्रिएपछि अहिलेको विषम परिस्थिति सृजना भएको हो ।(रासस/ एएफपी)

वि.सं.२०८० भदौ २४ आइतवार १७:३४ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...