back
CTIZAN AD

लुम्बिनी विकास बैंकद्वारा विद्यालय पोशाक तथा खेलकुद सामाग्री वितरण

वि.सं.२०८० भदौ २४ आइतवार

810 

shares

काठमाडौं । लुम्बीनी विकास बैँक देविघाट शाखाले बैँकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नुवाकोट जिल्लामा अवस्थित विभिन्न विद्यालयहरुमा सहयोग हस्तान्तरण गरको छ ।

बैंकले रणभुवनेश्वरी माध्यामिक विद्यालय, शहिद जगत प्रकाश जंग शाह संस्कृत माध्यामिक विद्यालय, कल्याणीदेवी माध्यामिक विद्यालयहरुलाई विद्यार्थी पोशाक, खेलकुद तथा शैक्षिक सामाग्री हस्तान्तरण गरेको हो ।

बैंकले विदुर नगरपालिका वडा नं. तीनमा अवस्थित रणभुवनेश्वरी माध्यामिक विद्यालयमा अध्ययनरत ५० जना गरिब तथा विपन्न वर्गका विद्यार्थीहरुलाई पोशाक वितरण गरको छ भने वडा नं. पाँचमा अवस्थित शहिद जगत प्रकाश जंग शाह संस्कृत माध्यामिक विद्यालयको बालकक्षाका विद्यार्थीहरुको लागि एक सेट खेलकुद सामाग्री वितरण गरको छ ।

त्यस्तै, बैंकले बेलकोटगढी नगरपालिका वडा नं. आठमा अवस्थित कल्याणीदेवी माध्यामिक विद्यालयको लागि एक थान कलर प्रिन्टर सहयोग गरको छ । ती सामाग्रीहरु बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुमन चार्यले हस्तान्तरण गरे ।

शैक्षिक तथा खेलकुद सामाग्रीहरु सहयोग गरेकोमा ती विद्यालयहरुले बैँकलाई धन्यवाद व्यक्त गरेका थिए । सामाग्री हस्तान्तरण समारोहमा बैकका मुख्य प्रबन्धक दिपक खनाल, वरिष्ठ प्रबन्धक भेषराज गौतम, शाखा प्रमुख रमेश कुमार नेपाललगायत विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक शिक्षिकाहरु तथा  विद्यार्थीहरुकोसमेत उपस्थिति रहेको थियो ।

बैंकको हाल देशका सातवटै प्रदेशमा गरी ८९ वटा शाखाहरु तथा १ वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेका छन् । यस बैंकले “निरन्तर सहयात्रा ” भन्ने नाराका साथ आफ्ना ग्राहक महानुभावहरुलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दैआईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा मासिक रुपमा ब्याज प्रदान गर्ने विशेष योजनासमेत कार्यान्वयनमा ल्याएको छ ।

वि.सं.२०८० भदौ २४ आइतवार १७:३१ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

काठमाडौँ । रसुवा भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वाणिज्य बैंकका सिइओहरुसँग छलफल गर्दै

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वाणिज्य बैंकका सिइओहरुसँग छलफल गर्दै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज देशका २० वटा...

डिजिटल वित्तीय अनुशासन पालना गर्न राष्ट्र बैंकको अपिल

डिजिटल वित्तीय अनुशासन पालना गर्न राष्ट्र बैंकको अपिल

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङ सेवाको प्रयोगसँगै बढ्दै...