back
CTIZAN AD

अमेरिका पठाइदिन्छु भन्दै करोडौ ठगी गरेको आरोपमा गौतम बुटवलबाट पक्राउ

वि.सं.२०८० भदौ २५ सोमवार

750 

shares

काठमाडौं । अमेरिका पठाइदिन्छु भन्दै विभिन्न प्रलोभनमा पारी मानब वेचविखन गर्ने गिरोहका नाइकेलाई प्रहरीले पक्राउ गरेको छ ।

रूकुम पूर्व सिस्ने गाउँपालिका–४ नाथीगाड जन्मस्थान भई हाल अमेरिकाको टेक्सासमा बसोबास गर्दै आएका अमेरिकी नागरिक ५२ वर्षीय मृदुल भन्ने हस्त गौतमलाई बुधबार मानव वेचविखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले रूपन्देही बेलहियाबाट  पक्राउ गरेको हो ।

नेपाली नागरिकहरुलाई युएई (दुबई), थाईलैण्ड, फिलीपिन्स, जाम्बीया, सिंगापुर, हङकङ लगायतका देशहरूमा पु¥याई राहदानी, मोबाइल समेत जफत गरी थप पैसा माग गर्ने र एजेन्टले भनेजति पैसा नदिएमा शारीरिक मानसिक यातना दिने, विदेशमा रहेका एजेन्टहरूलाई वेचविखन गर्ने, बुझाउने जस्ता क्रियाकलाप गरी अलपत्र पार्ने कार्यमा संलग्न उनलाई प्रहरीले पक्रउ गरेको छ ।

उनले मेक्सीकोमा बेस बनाई विश्वासिला ५ जना एजेन्टलाई नेपाल, दुवई, सिंगापुर, फिलीपिन्स, थाईलैण्ड, श्रीलंका, कोलम्बीया, लेटिन अमेरिका लगायतका देशहरूमा परिचालन गरेको प्रहरीले जनाएको छ । पीडितहरूबाट विभिन्न मितिमा अमेरिका पठाइदिने भन्दै अन्य एजेन्टहरू समेतलाई परिचालन गरी २ करोड भन्दा बढी पैसा लिइसकेको खुल्नान आएको छ ।

यसअघि पक्राउ परेकी कमल तामाङ समेत भएको मानब वेचविखन तथा ओसारपसार र संगठित अपराधमा ५ वटा मुद्दा दर्ता भई उक्त कसूरमा संलग्न ३ जना अभियुक्तहरू पक्राउ परेका छन् । अनुसन्धान भइरहेकोमा उक्त कसूरमा निज गौतमलाई प्रमुख योजनाकार रहेको खुल्न आएको हो ।

गौतम समेतको संलग्नता भएको उक्त मुद्दामा जम्मा ६ जना पीडितहरू रहेको र २ जना पीडितको उद्दारको लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय भइरहेको सो ब्यूरोले जनाएको छ ।

उनी उपर जिल्ला अदालतबाट ७ दिन म्याद अनुमति लिई मानव वेचविखन, ओसारपसार तथा संगठित अपराध मुद्दामा थप अनुसन्धान भइरहेको छ ।

वि.सं.२०८० भदौ २५ सोमवार १३:०७ मा प्रकाशित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक...

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ...

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन...

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा रु तीन करोड...