Logo
१३ आश्विन २०८०, शनिबार
     Sat Sep 30 2023
E-paper
  English Edition
   Unicode
Logo

हाइकु



वसन्त अनुभव,घोराही, दाङ
१.
जुनेली रात
प्रेमिल साठगाँठ
वाह ! क्याबात ।

२.
वसन्त ऋतु
हरियाली अरण्य
कोकिल कुहू ।

३.
बाढी पहिरो
धनजनको क्षति
चोट गहिरो ।

४.
सुन्दर बाग
रङ्गीविरङ्गी फूल
मीठो सुवास ।

५.
उर्लदो भेल
धानखेतमा ताल
भाग्यको खेल ।

६.
दैवीप्रकोप
कृषकको क्रन्दन
पेटको चिन्ता ।

७.
डुबान बस्ती
चीलगाडीको यात्रा
चरम मस्ती ।

८.
प्रकृति झेल
भेदभाव सहित
राहत खेल ।

९.
प्रचण्ड धूप
हाँसेको छ आकाश
खेत कुरुप !

१०.
सुकेका खोला
बाँझै छन् खेतबारी
भोलि के होला ?

 


-->

काठमाडौँ । नेपालको कुल सार्वजनिक ऋण रू २३ खर्ब नौ अर्ब ८६ करोड ९६

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल विजयी भएका छन् । असोज

वासिङ्टन । इजरायलले प्यालेस्टिनी र अरब अमेरिकीविरुद्धको यात्रा प्रतिबन्ध फिर्ता लिएसँगै अमेरिकाले पनि इजरायलीरूलाई

पनामा सिटी । पनामा र कोलम्बिया बीचको भयानक जङ्गल खण्ड पार गरेर अमेरिका जाने