back
CTIZAN AD

हाइकु

वि.सं.२०८० भदौ ३० शनिवार

1.2K 

shares

वसन्त अनुभव,घोराही, दाङ
१.
जुनेली रात
प्रेमिल साठगाँठ
वाह ! क्याबात ।

२.
वसन्त ऋतु
हरियाली अरण्य
कोकिल कुहू ।

३.
बाढी पहिरो
धनजनको क्षति
चोट गहिरो ।

४.
सुन्दर बाग
रङ्गीविरङ्गी फूल
मीठो सुवास ।

५.
उर्लदो भेल
धानखेतमा ताल
भाग्यको खेल ।

६.
दैवीप्रकोप
कृषकको क्रन्दन
पेटको चिन्ता ।

७.
डुबान बस्ती
चीलगाडीको यात्रा
चरम मस्ती ।

८.
प्रकृति झेल
भेदभाव सहित
राहत खेल ।

९.
प्रचण्ड धूप
हाँसेको छ आकाश
खेत कुरुप !

१०.
सुकेका खोला
बाँझै छन् खेतबारी
भोलि के होला ?

 

वि.सं.२०८० भदौ ३० शनिवार ०७:४३ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...

गजल

गजल

डा. देवी पन्थी, विराटनगर रूप जसको हुन्छ ऊ बम्किन्छ भन्ने...

गजल

गजल

किशोर कोइराला,इनरुवा , सुनसरी बाँच्नलाई जिउनु पर्ने जिन्दगीको के भरोसा...