
टङ्कबहादुर आलेमगर
त्रियुगा –११, उदयपुर
सयौँ थुङ्गा फूलका हामी एउटै माला …
‘कति प्रेरक गीत ।’, थुङ्गे फूल ।
‘साच्चै ….।’, मख्मली ।
‘ओइ जख्रक्के ! तलाई भन्या होइन । मैले त देब्रे तिरको गर्दाैलीलाई भन्या ।’
‘अनि म फूल हुँइन र दाइ ?’, मख्मलीले दुःख बिसायो ।
‘फूलको नाममा कलङ्क होस् । जख्रक्क पर्ने पुन्टे मुलङ्खरे । मान्छेले भनेको सुन्छु मख्मलीले गर्दन घोच्यो । र पनि अजम्बरी भन्दै लगि हाल्छन् ।’
‘देवताले घोच्यो भन्दैनन् त ।’
‘देउताको मूर्ति मान्छेले बना हो । सजीव र निर्जीवमा फरक छैन ?’
‘आस्था त सबैको सर्वप्रिय हुन्छ नि ?’
‘माटो र आस्था सन्तान भन्दा प्रिय हुन्छ ।’
‘थाहा रै छ त किन हेप्दै म हिँड्ने बाटोमा तगारो हाल्न आट्नु भएको त ?’
‘तैंले गर्दा मेरो उच्चाई होचीरहेछ ।’