back
CTIZAN AD

कविता : गाँउमा अचेल

वि.सं.२०८० भदौ ३० शनिवार

1.7K 

shares

दिपेन्द्र आचार्य
पशुपति नगर, इलाम

गाँउमा साँझहरू अचेल
गाँउकै साझहरू जस्तै भएकोछ
बाहरू दुध दोएर
बस्तुलाई घाँस हाल्दैछन्
बाच्छाहरू थुम्के हानी हानी
दुध खाँदैछ्न्

आमाहरू अगेना छेउ छाउ
धानधान धून धुन गर्दैछन्
भान्छाबाट उकुस मुकुस भई
निस्केको एकमुट्ठी धुँवा
स्वतन्त्रता पूर्वक आकाश ढाक्न
उडानको पखेटा हाल्दैछन् किनभने
गाँउलाई डराउने क्रान्तिकारी
शहर पसेकोछ अचेल ।

गाँउमा रातहरू अचेल
गाँउकै रातहरू जस्तै
वल्लो घर पल्लो घर
भेला भइ देश दुनिया गफिदैछन्
माथिल्लो घरबाट चर्को आवाजमा
राम विलास र धनियां बोलिरहेछन्
घरि घरि पारी गाँउ पनि
आइपुग्छ वारी गाँउ

एक कान पुराणका आवाज भई
हावाको रथ चढ़ी
जुनकिरीहरू निर्धक्क उडीरहन्छन्
रात रात भर
गाँउ गाँउभर अचेल किनभने
गाँउलाई तर्साउने क्रान्तिकारी
शहर पसेकोछ अचेल

गाँउमा विहानहरू अचेल
गाँउकै विहान जस्तो भएकोछ
किसानहरू हलगोरु लिइ
खेततिर जाँदैछन्
घरमा आमाहरूलाई चटारो छ
देख्दै नदेखिने घरधन्दा गर्न
नानी बाबुहरू सिकुवामा वसी

ठूल्ठूला के स्वरमा वाचन गरिरहेछन्
पाठ्यपुस्तबाट जीवनका पाठहरु
अझ ठूलो स्वरमा गाइरहेछ
झयाँउकिरि घामको गीतहरु किनभने
गाँउलाई झस्काउने क्रान्तिकारी
शहर पसेकोछ अचेल ।

गाँउमा दिनहरु अचेल
गाँउकै दिनहरू जस्तो भएकाछन्
गाँउलेहरू मेला पर्ममा व्यस्त छन्
गहिरि घरमा बजेको माइकमा
सारा गाँउ झुमेकोछ

मधेसबाट तौलिया च्यादर बेच्न दाईहरू
निर्धक्क छिर्दैछन् गाँउहरु
गाँउको विद्यालय भविस्य सिकाइरहेछ
किनभने वुर्जुवा शिक्षाको विरोधमा
विद्यालय बन्द गराउने क्रान्तीकारी
शहर पसेकोछ अचेल ।

 

वि.सं.२०८० भदौ ३० शनिवार ०७:४१ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...

गजल

गजल

डा. देवी पन्थी, विराटनगर रूप जसको हुन्छ ऊ बम्किन्छ भन्ने...

गजल

गजल

किशोर कोइराला,इनरुवा , सुनसरी बाँच्नलाई जिउनु पर्ने जिन्दगीको के भरोसा...